आइओएस डिभाइसहरूको लागि म्यानुअल एपीएन सेटअप

एपीएन: vmobile.jp
युजरनेम:
vmobile@jp
पासवर्ड:
vmobile

* तपाईको डिभाइसको ओएस र/वा ओएस भर्जन अनुसार सेटअप प्रकृया र सेटीङ्गका नामहरू फरक हुन सक्छन् ।

  • १. तपाईको होम स्क्रीनबाट [सेटिंग्स] आइकन थिच्नुहोस ।

  • २. [सेलुलर] वा [मोबाइल डाटा] थिच्नुहोस (तपाईको क्षेत्र र आइओएस भर्जन अनुसार नाम फरक हुन सक्छ)।

  • ३. [सेलुलर डाटा] अन गर्नुहोस । [सेलुलर डाटा अप्सन्स्] भित्र [डाटा रोमिङ] अफ गर्नुहोस ।

  • ४. तपाईको आइओएस भर्जन र क्यारियर अनुसार तपाईले देख्नुहुने अप्सनहरू फरक हुनसक्छन्ः

    • पहिलो अप्सनः [सेलुलर] वा [मोबाइल डाटा] मेनुबाट सिधै [सेलुलर डाटा नेटवर्क] वा [मोबाइल डाटा नेटवर्क] थिच्नुहोस ।
    • दोश्रो अप्सनः यदि त्यहाँ [व्यक्तिगत] मेनु छ भने, पहिला त्यसलाई थिच्नुहोस, त्यसपछि [सेलुलर डाटा नेटवर्क] रोज्नुहोस ।
  • ५. फोटोमा देखाइएको जसरी [सेलुलर डाटा][LTE सेटअप (ऐच्छिक)] खण्डहरू अन्तर्गत ती एपीएन सेटिंग्स राख्नुहोस । यदि तपाई टेदरिङ प्रयोग गर्न चाहनुहुन्छ भने, ती सेटिंग्स [व्यक्तिगत हटस्पट] खण्ड अन्तर्गत राख्नुहोस ।

  • ६. कृपया आफ्नो डिभाइस रिस्टार्ट गर्नुहोस र सिम एक्टिभेट गर्ने प्रकृया पूरा गर्नुहोस (स्टेप ३)।