सेवाका सर्तहरू
प्रिपेड डाटा टप सिम सेवा करार सम्झौता शर्तहरू
लागू हुने मितिः सेप्टेम्बर १, २०२४
अन्तिम अपडेट: जुलाई १, २०२६
ब्रास्टेल कं., लि.
आर्टिकल १ (शर्तहरूको परिभाषा)
यी नियम र शर्तहरूमा प्रयोग गरिएको शर्तहरूका परिभाषाहरू (यसपछि "यी नियम र शर्तहरू" भनेर सम्बोधन गरिएको) निम्नानुसार छन्:
| शर्तहरू | परिभाषाहरू |
|---|---|
| (१) कम्पनी | ब्रास्टेल कं., लि. |
| (२) IIJ | Internet Initiative Japan Inc. |
| (३) यो सर्भिस | IIJ को दूरसञ्चार उपकरण प्रयोग गरेर टप सिम नाम दिई OEM सर्भिसको रूपमा डाटा संचारको लागि कम्पनी द्वारा प्रदान गरिएको एक दूरसञ्चार सेवा । |
| (४) सिम | यस सेवामा प्रयोग हुने भौतिक सिम कार्ड र ई-सिम (ईम्बेड गरिएको सिम)। |
| (५) ई-सिम प्रोफाइल | ग्राहकको विवरण भएको डाटा फाइल जुन भौतिक सिम कार्डको सट्टा स्मार्टफोन डिभाइसहरूमा डाउनलोड गरेर प्रयोग गरिन्छ । |
| (६) यो करार सम्झौता | यस सेवा सम्बन्धित प्रावधानहरूको लागि यो करार सम्झौता कम्पनीले ठेकेदारसँग गरेको हो । |
| (७) ठेकेदार | त्यो व्यक्ति जसले कम्पनीसँग यो सम्झौता गरेको छ । |
आर्टिकल २ (नियम र शर्तहरूको कार्यान्वयन)
कम्पनीले यी नियम र शर्तहरू मार्फत यो सेवा प्रदान गर्नेछ ।
आर्टिकल ३ (नियम र शर्तहरू संशोधन)
कम्पनीले यी नियम र शर्तहरूको कन्टेन्टहरूलाई संशोधन तथा परिमार्जन गर्न सक्ने छ ।
आर्टिकल ४ (सर्भिस सम्बन्धमा)
- १. यस सेवा सम्बन्धित विस्तृत जानकारी यहाँबाट लिन सक्नुहुन्छ https://shop.brastel.com/ne.
- २. यस सर्भिसको कन्टेन्टलाई परिवर्तन गर्ने अधिकार कम्पनीसँग सुरक्षित रहनेछ। त्यस्तो अवस्थामा, प्रयोगका नियम र शर्तहरू संशोधित नियमहरू बमोजिम हुनेछन्।
- ३. कम्पनीले तोकेको जापान भित्रका क्षेत्रहरूमा मात्र यो सर्भिस उपलब्ध हुनेछ ।
- ४. यो सर्भिस IIJ MVNO प्लाटफर्म मार्फत प्रदान गरिएको छ । डाटा कम्युनिकेसन र इन्टरनेट कनेक्टिभिटी IIJ ले व्यस्थापन गर्छ ।
- ५. यो सेवा एनटीटी डोकोमो, इन्क.को दूरसञ्चार नेटवर्क प्रयोग गरी उपलब्ध गराइएको हो। मोबाइल डाटा सञ्चार सेवाहरू बेस्ट-एफोर्टको आधारमा प्रदान गरिन्छ र हामी कभरेज क्षेत्र, सिग्नलको क्षमता, सञ्चारको गति वा सेवाको गुणस्तर सम्बन्धित अन्य कुनै पनि कुराको ग्यारेन्टी दिन सक्दैनौं।
तपाईको भौगोलिक स्थान, वरपरको वातावरण, नेटवर्कको चाप, मर्मत सम्भार वा निर्माण कार्य, मौसमी अवस्था, र तपाईको डिभाइसको स्पेसिफिकेसन, सेटिङहरू तथा अनुकूलता जस्ता कारकहरूका आधारमा सञ्चारको गुणस्तर फरक पर्न सक्छ। यसका साथै, रेडियो सिग्नलहरू अवरुद्ध हुने स्थानहरू जस्तै भूमिगत संरचना, सुरुङ, हिमाली क्षेत्र, भवनहरू भित्र, दुर्गम स्थान वा सिग्नल प्रसारण कमजोर भएका अन्य क्षेत्रहरूमा सेवा उपलब्ध नहुन वा सञ्चारको गुणस्तर कमजोर हुनसक्छ।
आर्टिकल ५ (प्रयोग गर्ने प्रकृयाहरू)
- १. भौतिक सिम र/वा ई-सिम (यसपछि "सिम" भनि सम्बोधन गरिएको) खरिद गरेपछि, प्रयोगकर्ताले कम्पनीले तोकेको विधि प्रयोग गरेर यो सेवालाई सक्रिय गर्ने प्रकृया पूरा गर्नुपर्छ।
- २. अघिल्लो खण्ड जेसुकै लेखिएको भए तापनि, भुक्तानी पूरा भएर प्याकेज डेलिभर भएपछि मात्र सिम खरिद सम्झौता पूरा हुनेछ । त्यस उप्रान्त, प्याकेज फिर्ता गर्न वा साट्न पाइने छैन ।
कृपया ध्यानमा राख्नुहोस कि ई-सिमहरूको बनावटले गर्दा यिनीहरूलाई, फेरि जारी गर्न वा पुनह प्रयोग गर्न मिल्दैन, एक पटक मात्र प्रयोग गर्न मिल्छ । यस कारणले गर्दा, ई-सिमहरू सक्रिय नगरिएका भए तापनि फिर्ता गर्न, साटफेर गर्न वा पैसा फिर्ता लिन पाइँदैन - ३. यो सेवा प्रयोग गर्नका लागि, प्रयोगकर्तासँग सिम-अनलक गरिएको डिभाइस हुनुपर्छ जसले एनटीटी डोकोमोले प्रयोग गर्ने LTE/4G फ्रिक्वेन्सी ब्यान्डहरूलाई सपोर्ट गर्छ । यदि ई-सिम प्रयोग गर्दै हुनुहुन्छ भने, उक्त डिभाइस ई-सिम प्रविधिसँग पनि कम्प्याटिबल हुनुपर्छ ।
कृपया ध्यान दिनुहोला, कुनै डिभाइसले एनटीटी डोकोमोको LTE/4G नेटवर्कले प्रयोग गर्ने फ्रिक्वेन्सी ब्यान्डलाई सपोर्ट गरेता पनि, हामी सबै ठाउँ, फ्रिक्वेन्सी ब्यान्ड वा नेटवर्क वातावरणमा सञ्चारको गुणस्तर, गति वा कनेक्टिभिटी एकैनासको हुन्छ भन्ने ग्यारेन्टी दिन सक्दैनौं। डिभाइसको स्पेसिफिकेसन, सेटिङहरू, सपोर्ट हुने फ्रिक्वेन्सी ब्यान्ड र अन्य कारकहरूका आधारमा यो सेवाले राम्रोसँग काम नगर्न वा उपलब्ध नहुन पनि सक्छ।
आर्टिकल ६ (सिम विशेष एप्प)
- १. प्रयोगकर्ताले आफ्नो डिभाइसमा कम्पनीले उपलब्ध गराएको "टप सिम एप्प" (यसपछि "एप्प" भनि सम्बोधन गरिएको) डाउनलोड गर्नुपर्छ । सर्भिसलाई सक्रिय गर्न र रिचार्ज गर्न यो एप्प आवश्यक पर्छ ।
- २. यो एप्प डाउनलोड गर्दा र प्रयोग गर्ने बेला लाग्ने कुनै पनि सञ्चार खर्च प्रयोगकर्ताले नै व्यहोर्नु पर्नेछ ।
- ३. कम्पनीले डिभाइसको नामहरू, अपरेटिङ सिस्टम र एप्प पहिचान गर्ने आईडीहरू जस्ता जानकारी सङ्कलन गर्न सक्छ (सामूहिक रूपमा "एप्प प्रयोगकर्ता जानकारी" भनिने छ) । यसमा नाम, इमेल ठेगाना वा क्रेडिट कार्ड जानकारी जस्ता व्यक्तिगत विवरणहरू समावेश हुँदैनन् । यो डाटा सेवा प्रावधान र प्रयोगकर्तालाई दिने सुविधा बृद्धि गर्न प्रयोग गरिन्छ ।
- ४. एप्पको कन्टेन्ट र प्रोग्रामहरूसँग सम्बन्धित प्रतिलिपि अधिकार र ट्रेडमार्कहरू सहित सम्पूर्ण बौद्धिक सम्पत्ति अधिकारहरू कम्पनी वा कन्टेन्ट प्रदायकहरूको हो । यो एप्प व्यक्तिगत प्रयोगको लागि मात्र हो, र कुनै पनि कन्टेन्टको अनधिकृत पुनरुत्पादन निषेधित छ
- ५. यदि प्रयोगकर्ताले अघिल्लो अनुच्छेदका प्रावधानहरू उल्लङ्घन गरेर प्रतिलिपि अधिकार वा अन्य बौद्धिक सम्पत्ति अधिकारहरूसँग सम्बन्धित कुनै पनि मुद्दाहरू उत्पन्न भएमा, यी मुद्दाहरूलाई प्रयोगकर्ताले आफ्नै खर्चमा समाधान गर्नु पर्नेछ र कम्पनीलाई कुनै असुविधा वा हानी पुर्याउन पाउने छैन ।
- ६. ठेकेदारहरूले प्रयोग गर्ने सबै डिभाइसहरूमा यो एप्पले काम गर्छ भन्ने ग्यारेन्टी कम्पनीले दिन सक्दैन ।
- क. आवश्यकता अनुसारको अपरेटिङ सिस्टम भर्जन भएता पनि, केहि डिभाइसहरूमा यो एप्पले राम्ररी काम नगर्न सक्छ ।
- ख. स्मार्टफोनहरूका लागि विषेश रूपमा बनाइएको यो एप्प,ट्याब्लेटहरूमा पनि चल्छ भन्ने ग्यारेन्टी छैन ।
- ग. यसको साथै, यो एप्प जापान भित्र मात्र प्रयोग गर्न मिल्छ । अन्तर्राष्ट्रिय संचारहरू र भिपिएन वा अन्य देशको नेटर्वकहरू प्रयोग गरेर चलाउन बनाइएको हैन ।
आर्टिकल ७ (प्रयोगयोग्य अवधि)
- १. उक्त सिमबाट पहिलो पटक डाटा चलाउन थालेको मितिदेखि ३७ दिन वा ६० दिनसम्म यो सर्भिसको अवधि हुनेछ। यद्यपि, ई-सिमको हकमा भने ठेकेदारले रोजेको योजना अनुसार सर्भिसको अवधि तोकिनेछ। यसबाहेक, यस अवधि भित्र कुनै अतिरिक्त डाटा प्लानको रिचार्ज प्रक्रियाहरू पूरा गरेमा, भएको भ्यालिडिटी र सर्भिसको अवधि चाहिँ हालको म्याद सकिने मितिबाट नयाँ प्लानको म्याद सकिने मितिसम्म थपिनेछ। हरेक पटक म्याद बढाउँदा बाँकी रहेको डाटा पनि प्रयोग गर्न पाइनेछ; तथापि रिचार्ज गरेको मितिबाट थपिएको जम्मा अवधि १८० दिन भन्दा बढी हुन सक्दैन। सर्भिसको अवधि सकिएको मितिबाट, यसलाई ७ दिन भित्र ठेकेदारले रिचार्ज गर्नुपर्नेछ; यद्यपि, प्लानको म्याद सकिए पछि कुनै डाटा बाँकी रहेमा त्यो ० (सुन्य) जीबीमा रिसेट हुनेछ ।
- २. यदि प्लानको म्याद नसकिँदै भएको डाटा चलाई सक्नु भएमा, कम्युनिकेसन स्पीड घटेर २०० केबीपीएसको हुनेछ । प्लानको म्याद सकिएपछि, बाँकी रहेको डाटा रिसेट भई रद्द हुनेछ ।
- ३. अतिरिक्त डाटा प्लान रिचार्ज गरेर प्राप्त भएका कुनै पनि अतिरिक्त डाटा कम्युनिकेसन भोल्युमको प्रयोग अवधि निम्नानुसार हुनेछ:
- क. अतिरिक्त डाटा प्लान रिचार्ज गरेर उपलब्ध भएका डाटा कम्युनिकेसन भोल्युमको म्याद, कम्पनीले रिचार्ज गर्ने समयमा तोकेको अवधिसम्मको लागि हुनेछ ।
- ४. माथी जे सुकै लेखिएता पनि, यदि कुल डाटा कम्युनिकेसन भोल्युम (अतिरिक्त डाटा प्लानहरू सहित) कम्पनीले तोकेको पूर्वनिर्धारित सीमामा पुग्छ भने, यो सेवाको प्रावधान समाप्त हुनेछ ।
आर्टिकल ८ (अधिकार हस्तान्तरणमा प्रतिबन्ध, आदि)
- १. ठेकेदारले यो सेवा वा सिम प्राप्त गर्ने अधिकार अरू कुनै पनि पक्षलाई हस्तान्तरण गर्न पाउने छैन।
- २. ठेकेदारले कुनै पनि तेस्रो पक्षलाई यो सेवा प्रयोग गर्ने अनुमति दिन पाउने छैन ।
आर्टिकल ९ (सिम आइडी (ICCID), भौतिक सिम कार्डमा भएको बारकोड र ई-सिम एक्टिभेसन कोड)
- १. फोन नम्बर, ICCID जानकारी, सिम कार्डमा छापिएको बारकोड, ई-सिम प्रोफाइलको लागि जारी गरिएको एक्टिभेसन कोड र सिमसँग सम्बन्धित अन्य जानकारीहरू (सामूहिक रूपमा "आइडी, आदि" भनेर सम्बोधन गरिने छ) व्यवस्थापन गर्ने दायित्व ठेकेदारको हो र कुनै पनि तेस्रो पक्षलाई तिनीहरू प्रयोग गर्न दिनुहुँदैन।
- २. कम्पनीले यी नियम र शर्तहरू अनुसार आफ्नो अधिकार प्रयोग गर्ने बखत ठेकेदारलाई आइडी, आदि प्रस्तुत गर्न अनुरोध गर्न सक्छ ।
- ३. ठेकेदार वा कुनै पनि तेस्रो पक्षको लापरवाहीले आइडी, आदि वा सिम कार्ड चोरी भएर वा हराएको कारणले हुने कुनै पनि किसिमको हानी, नोक्सानी, क्षति प्रति कम्पनी जवाफदेही तथा जिम्मेवार हुनेछैन ।
आर्टिकल १० (ई-सिम प्रोफाइल)
- १. ई-सिम प्रोफाइल एक पटक मात्र डाउनलोड गर्न मिल्छ र यसलाई फेरि जारी गर्न वा पुनह प्रयोग गर्न मिल्दैन ।
- २. ई-सिम प्रोफाइल डाउनलोड गर्नको लागि इन्टरनेट कनेक्सन आवश्यक छ ।
- ३. ई-सिम प्रोफाइल डाउनलोड गर्दा, ठेकेदारले डिभाइसको सेटिंग्स स्क्रिनमा एक्टिभेसन कोड म्यानुअली प्रविष्ट गर्नुपर्छ र, आवश्यक परेमा, कम्पनीले उपलब्ध गराएको प्रक्रिया अनुसार एपिएन सेटिङहरू राख्नुपर्दछ ।
यदि सेवा प्रारम्भ भएको मितिले ४५ दिनभित्र डाटा चलाएमा, सोही दिनदेखि रोज्नुभएको प्लानको भ्यालिडिटी अवधि सुरु हुनेछ । यद्यपि, उक्त ४५ दिन भित्र कुनै डाटा नचलाएमा, भ्यालिडिटी अवधि सेवा सुरु भएको मितिले ४५ औं दिनदेखि मात्र सुरु हुनेछ । - ४. सक्रिय भएको लगतै ई-सिम प्रोफाइलले डाटा चलाउन दिए तापनि ई-सिम सक्रिय भएको २४ घण्टा कटेपछि मात्र पहिलो अतिरिक्त डाटा प्लान रिचार्ज गर्न मिल्छ ।
- ५. यो ई-सिम प्रोफाइल GSMA-अनुकूल उपभोक्ता ई-सिम प्लाटफर्म मार्फत उपलब्ध गराइने भए तापनि, सबै ई-सिम कम्प्याटिबल डिभाइसमा चल्छ भन्ने ग्यारेन्टी छैन ।
आर्टिकल ११ (सेवा प्रयोगका लागि आवश्यकताहरू)
यो सेवा प्रयोग गर्न पूरा गर्नुपर्ने आवश्यकताहरू यी हुन्ः
- T१. कम्पनीले तोकेको बाहेक अन्य आईपी एड्रेसहरूबाट ठेकेदारले यो सेवा प्रयोग गर्न पाउने छैन ।
- २. यो सिम बाहेक अन्य कुनै पनि सञ्चार माध्यम मार्फत यो सेवा प्रयोग गर्न र कम्पनीले तोकेको बाहेक अन्य कुनै पनि कनेक्सनहरू गर्न ठेकेदारलाई निषेध गरिएको छ।
- ३. ठेकेदारले यो सिमसँग सम्बन्धित निम्न कुराहरू पालना गर्नुपर्छ:
- क. कम्पनीको अनुमति बिना, ठेकेदारले सफ्टवेयरलाई रिभर्स इन्जिनियरिङ गर्न, टुक्राउन, बिगार्न वा जुन अभिप्रायले सिम बनाइएको हो त्यो बाहेक अन्य कुनै प्रयोजनका लागि प्रयोग गर्न पाउने छैन।
- ख. कम्पनीको अनुमति बिना, ठेकेदारले सिमलाई जापानबाट बाहिर लैजान पाउने छैन।
- ग. ठेकेदारले अत्यन्त सावधानीपूर्वक सिमको व्यवस्थापन गर्नुपर्छ।
- ४. यदि सिम हराएमा वा बिग्रिएमा कुनै प्रतिस्थापन उपलब्ध गराइने छैन।
- ५. ठेकेदारले कानून बमोजिम तोकिएका प्राविधिक मापदण्डहरू पूरा गेरको वा यस सेवाको लागि कम्पनीले तोकेको टर्मिनल उपकरण बाहेक अन्य टर्मिनल उपकरण प्रयोग गर्न पाउने छैन ।
आर्टिकल १२ (सिस्टम मर्मतसंभार)
- १. कम्पनी र इन्टरनेट प्रदायकले उपकरणको गुणस्तर सुनिश्चित गर्न, बिकास गर्न अनि मर्मत र संरक्षण गर्न प्रत्येक मंगलबार राती १० बजे देखि भोलिपल्ट बिहान ९ बजेसम्म (जापानको समय) नियमित मर्मतसंभार गर्नेछ । यदि यो सेवा उपकरणमा आएका समस्याहरूलाई अविलम्ब समाधान गर्नुपर्छ भन्ने कम्पनीलाई लागेमा पूर्व सूचना बिना आपतकालीन मर्मत सम्भार गर्न सक्नेछ ।
- २. नियमित मर्मतसंभारको अवधिमा, ई-सिम प्रोफाइल जारी गर्न, सक्रिय गर्ने प्रक्रियाहरू अघि बढाउन र अतिरिक्त डाटा प्लान रिचार्ज गर्न पाउनु हुनेछैन।
आर्टिकल १३ (चाइल्ड पोर्नोग्राफीसँग सम्बन्धित प्रयोगमा प्रतिबन्धहरू)
कानूनद्वारा परिभाषित बाल वेश्यावृत्ति र चाइल्ड पोर्नोग्राफी सम्बन्धित कार्यहरूको दण्डसम्बन्धी ऐन र बालबालिकाको संरक्षणसँग सम्बन्धित कानूनहरूको पालना गर्न, कम्पनीले चाइल्ड पोर्नोग्राफी हेर्न वा प्राप्त गर्न प्रयोग हुनसक्ने सञ्चारलाई प्रतिबन्ध लगाउन सक्छ ।
आर्टिकल १४ (साइबर हमला विरुद्ध उपायहरू)
कमाण्ड र कन्ट्रोल (C&C) सर्भरहरू जस्ता साइबर आक्रमणमा संलग्न सर्भरहरूसँगको कम्युनिकेसन रोक्न कम्पनीले डिएनएस सर्भरहरूमा नाम रिजोल्युसन रिक्वेस्टहरूद्वारा उत्पन्न हुने क्वेरी लगहरूलाई स्वचालित रूपमा खोजी गर्न सक्छ । ठेकेदारले यो सेवा प्रयोग गर्न सुरु गरेपछि त्यस्तो खोजी गरेर ब्लक गर्ने कार्य रोक्नको लागि कुनै पनि बेला सेटिङहरू मिलाउन सक्नेछ ।
आर्टिकल १५ (सेवा निलम्बन)
कम्पनीको वा इन्टरनेट प्रदायकको दूरसञ्चार पूर्वाधारसँग सम्बन्धित उपकरणहरू मर्मतसंभार गर्नुपरेमा, विग्रेमा वा अन्य टार्न नसकिने समस्याहरू आइपरेमा कम्पनीले यस सेवाको प्रावधानलाई निलम्बन गर्न सक्नेछ । यस्तो अवस्थामा, कम्पनीले यसको सम्बन्धित वेबसाइटमा निलम्बन बारे जानकारी पोस्ट गरेर प्रयोगकर्ताहरूलाई सूचित गर्ने प्रयास गर्नेछ ।
आर्टिकल १६ (सेवा प्रयोग निलम्बन, आदि)
यदि ठेकेदारको हकमा निम्न शर्तहरू मध्ये कुनै शर्त लागू भएमा कम्पनीले यस सेवाको प्रावधानलाई आंशिक रूपमा वा पूरै निलम्बन वा प्रतिबन्ध लगाउन सक्ने छः
- १. ठेकेदारले यी नियम र शर्तहरूमा उल्लेखित कुनै पनि दायित्वहरू उल्लङ्घन गरेमा ।
- २. ठेकेदारले यो सेवालाई गैरकानूनी रूपमा वा कुनैपनि किसिमले सार्वजनिक व्यवस्था र नैतिकताको प्रतिकूल हुनेगरि प्रयोग गरेमा ।
- ३. कम्पनीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रदान गरेका सेवाहरू प्रयोग गर्नको लागि उल्लेखनीय रूपमा बाधा पुर्याउने गरि ठेकेदारले यो सेवा प्रयोग गरेमा ।
- ४. कम्पनीले प्रदान गर्ने सेवाहरूको विश्वसनीयता र प्रतिष्ठालाई हानि पुऱ्याउन सक्ने गरी ठेकेदारले यस सेवालाई प्रयोग गरेमा ।
- ५. ठेकेदारले यस सेवालाई कम्पनीले अनुपयुक्त ठानेको कुनै पनि तरिकाले प्रयोग गरेमा ।
आर्टिकल १७ (करार सम्झौता खारेजी)
यदि ठेकेदारको हकमा निम्न शर्तहरू मध्ये कुनै शर्त लागू भएमा कम्पनीले यस सेवाको करार सम्झौता खारेज गर्न सक्ने छः
- १. यदि अघिल्लो आर्टिकलमा उल्लेखित, यस सेवाको प्रावधानलाई निलम्बन गरेको वा अन्य कारबाही भएको ३० दिन बितिसक्दा पनि ठेकेदारले सम्पर्क नगरेमा ।
- २. यदि अघिल्लो आर्टिकलमा उल्लेखित सेवा निलम्बन वा अन्य कारबाही कार्यान्वयन भइसकेको र जुन समस्याले गर्दा निलम्बनमा परेको हो त्यो समस्या हल भइसकेको छैन भनी कम्पनीले निर्धारण गरेमा ।
आर्टिकल १८ (सीमित वारेन्टी र दायित्व)
- १. कम्पनीले यस सेवासँग सम्बन्धित संचारको उपलब्धता, लेटेन्सी वा समग्र गुणस्तरको कुनै वारेन्टीहरू दिँदैन ।
- २. कारण जेसुकै भए पनि, यो सेवाको प्रयोगको सिलसिलामा ठेकेदारले पुर्याएको क्षतिको लागि कम्पनी जवाफदेही तथा जिम्मेवार हुनेछैन । यद्यपि, कम्पनीले नियतवस वा गम्भीर लापरवाही गरेर क्षति पुर्याएको हो भने यो दायित्वबाट उन्मुक्ति पाउने अवस्था रहँदैन
- ३. ठेकेदारले यो सेवा प्रयोग गर्दा भएको क्षतिको लागि कम्पनीले तेस्रो पक्षलाई क्षतिपूर्ति दिनु परेमा, कम्पनीले त्यस्ता क्षतिपूर्ति वापतको रकम ठेकेदारबाट असुल उपर गर्न सक्नेछ ।
आर्टिकल १९ (भाषा)
जापानी भाषामा लेखिएको यस "प्रिपेड डाटा टप सिम सेवा करार सम्झौता शर्तहरू" कम्पनी र ठेकेदार बीचको आधिकारिक करार सम्झौता हो । अन्य भाषाहरूमा भएका कागजातहरू रिफ्रेन्सको लागि मात्र उपलब्ध गराइएका हुन् र तिनीहरू आधिकारिक करार सम्झौता होइनन् ।
आर्टिकल २० (संचालन ऐन र विषेश क्षेत्राधिकार)
यी नियम र शर्तहरू जापानको कानुनद्वारा शासित हुने र व्याख्या गरिनेछ । कम्पनी र ठेकेदार बीच कुनै विवाद उत्पन्न भएर मुद्दा दायर गर्नुपर्ने स्थिति आए, त्यस्ता मुद्दाहरूमा टोक्यो जिल्ला अदालतको विशेष क्षेत्राधिकार रहने छ ।