जापानको एकदमै राम्रो डाटा सिम

- जापानमा बसोबास गर्ने र घुमघाम गर्न जाने सबैका लागि

एप्प डाउनलोड गरेर आफूलाई सबैभन्दा उपयुक्त हुने डाटा प्लान छान्नुहोस।

App Store Google Play

जापानको एकदमै राम्रो डाटा सिम

- जापानमा बसोबास गर्ने र घुमघाम गर्न जाने सबैका लागि

एप्प डाउनलोड गरेर आफूलाई सबैभन्दा उपयुक्त हुने डाटा प्लान छान्नुहोस।

Button label

जापानका लागि प्रिपेड सिम र ई-सिम

आवश्यक परेको बेला मात्र भुक्तानी गर्नुहोस।
रिचार्ज गर्नुहोस र लामो समयसम्म सम्पर्कमा रहनुहोस!

मासिक शुल्क लाग्दैन। डाटा खेर जाने चिन्ता गर्नुपर्दैन। आवश्यक पर्दा आफूलाई चाहिने डाटा प्लान रोज्न सक्नुहुन्छ। प्रत्येक रिचार्जले तपाईको सिमको म्याद सकिने मिति थपिदिन्छ र प्रयोग नभएको बाँकी डाटा १८० दिनसम्म राखेर चलाउन सक्नुहुन्छ।

रिचार्ज गर्नुहोस। म्याद थप्नुहोस। आफ्नो टप सिम मज्जाले चलाई राख्नुहोस।

धेरैजसो प्रिपेड सिमहरूको म्याद सकिने निश्चित मिति हुने गर्दछ। टप सिममा भने, प्रत्येक रिचार्जले तपाईको म्याद सकिने अवधि थपिँदै जान्छ।
एक पटक रिचार्ज गर्दा — म्याद थपिन जान्छ। फेरि रिचार्ज गर्नुहोस — म्याद अझै थपिन्छ। तपाईले यसको म्याद कति पटक बढाउने भन्ने कुनै सीमा छैन। तोकिएको म्याद सकिएकै कारणले नयाँ सिम किनिरहनु पर्ने कुनै बाध्यता छैन।

अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर जनवरी फेब्रुवरी
TOP SIM निरन्तर सम्पर्कमा हुनुहुन्छ — र तपाईले चाहेसम्म यो निरन्तर चलिरहन सक्छ
↻रिचार्ज
↻रिचार्ज
↻रिचार्ज
५जीबी / ६० दिन
+५०जीबी / +९० दिन
+१०जीबी / +६० दिन
जम्मा ६५ जीबी / २१० दिन
जुलाई १सिम सक्रिय भयो
अगस्ट २९सिमको म्याद सकिने थियो
नोभेम्बर २७म्याद सकिने मिति थपियो
जनवरी २६म्याद सकिने मिति फेरि थपियो
एक सामान्य प्रिपेड सिम ६० औँ दिनमा म्याद सकियो — यसमा केही गर्न सकिँदैन।
५जीबी / ६० दिन
×नेटवर्क आउँदैन। नचलाएको डाटा खेर जान्छ। तपाईले नयाँ सिम नै किन्नुपर्छ।
जुलाई १सिम सक्रिय भयो
अगस्ट २९सेवा यहीँ समाप्त हुन्छ

रिचार्ज गर्न मिल्ने डाटा प्लानहरूः

योजना / वैधता ५जीबी १०जीबी १५जीबी २५जीबी ५०जीबी १००जीबी २००जीबी
३० दिन ¥990 उत्कृष्ट सुरुवाती
विकल्प
¥1,540 ¥2,200 ¥3,080 ¥4,576 ¥8,151 ¥14,630
६० दिन ¥1,815 ¥1,870 ¥2,365 ¥3,410 ¥4,697 ¥8,272 ¥14,795
९० दिन ¥1,925 ¥1,980 ¥2,475 ¥3,520 ¥4,807 ¥8,382 ¥14,905
जुनसुकै डाटा साइजको म्याद ६० दिनबाट बढाएर ९० दिन बनाउन, थप ¥११० मात्रै पर्छ। तपाईले जति धेरै डाटा किन्नुहुन्छ, ९० दिनको प्लान त्यति नै बढी फाइदाजनक बन्दै जान्छ।
योजना / वैधता ३० दिन ६० दिन ९० दिन
5GB ¥990 उत्कृष्ट सुरुवाती
विकल्प
¥1,815 ¥1,925
10GB ¥1,540 ¥1,870 ¥1,980
15GB ¥2,200 ¥2,365 ¥2,475
25GB ¥3,080 ¥3,410 ¥3,520
50GB ¥4,576 ¥4,697 ¥4,807
100GB ¥8,151 ¥8,272 ¥8,382
200GB ¥14,630 ¥14,795 ¥14,905
जुनसुकै डाटा साइजको म्याद ६० दिनबाट बढाएर ९० दिन बनाउन, थप ¥११० मात्रै पर्छ। तपाईले जति धेरै डाटा किन्नुहुन्छ, ९० दिनको प्लान त्यति नै बढी फाइदाजनक बन्दै जान्छ।

७ खालका डाटा साइज × ३ वटा समयावधि — रोज्नका लागि उपलब्ध प्लानहरू २१ वटा। प्रत्येक रिचार्जमा आफूलाई चाहिने जति मात्र रोज्नुहोस। गएको महिना १००जीबी, यो महिना ५जीबी? कुनै समस्या छैन। (मूल्यहरूमा कर समावेश छ।)

マイペイメント お取り扱いコンビニ
Ministop Seicomart 7-Eleven FamilyMart Lawson Station MMK設置店
क्रेडिट कार्ड Mastercard Visa
डिजिटल वालेट Apple Pay Google Pay

तुलनात्मक विवरण

टप सिमको तुलनात्मक विशेषताहरू

सबै प्रिपेड सिमहरू एकै किसिमले काम गर्दैनन्। टप सिम भएपछि, त्यसलाई कहिले रिचार्ज गर्ने, कति डाटा लिने र कति समयसम्म सक्रिय राख्ने भन्ने कुरा सबै तपाईकै हातमा हुन्छ।

  टप सिम मासिक सम्झौता भएको सिम सामान्य प्रिपेड सिम
तपाईले भुक्तानी गर्दा ◎तपाईले रिचार्ज गर्दा मात्र शुल्क लाग्छ।
प्रयोग नगरेको महिनाको शुल्क ¥० पर्छ।
△मासिक बिलिङ।
तपाईले डाटा थोरै मात्र प्रयोग गरे पनि हरेक महिना तोकिएको निश्चित शुल्क तिर्नुपर्छ।
◯खरिद अनुसार भुक्तानी।
प्लानका विकल्पहरू सीमित हुन सक्छन्।
प्लान रोज्ने तरिका ◎अत्यन्तै लचिलो!
जुनसुकै समयमा आफूलाई चाहिने प्लान रोज्नुहोस: ३०, ६० वा ९० दिनका लागि ५जीबी देखि २००जीबी सम्म।
△प्लान परिवर्तन गर्न निवेदन दिनुपर्ने हुन सक्छ र यो तुरुन्तै लागू नहुन पनि सक्छ। △कम लचिलोपन।
डाटाको सीमा र म्याद समाप्त हुने अवधि प्रायः पहिले नै तोकिएको हुन्छ।
सिमको भ्यालिडिटी ◎हरेक रिचार्जमा म्याद थपिन्छ।
आफ्नो सिमलाई लामो समयसम्म सक्रिय राख्न रिचार्ज गर्न सक्नुहुन्छ।
✕निश्चित प्रिपेड म्याद अवधि हुँदैन।
तपाईको सम्झौता सक्रिय रहेसम्म मात्र सेवा सञ्चालनमा रहन्छ।
△सीमित म्याद।
म्याद थप्ने सुविधा नहुन सक्छ वा यसमा सीमा तोकिएको हुनसक्छ।
प्रयोग नभएको डाटा ◎बाँकी डाटा १८० दिनसम्म प्रयोग गर्न सक्नुहुन्छ। △सामान्यतया अर्को महिनाको अन्त्यसम्म मात्र हुन्छ। ✕प्रायः प्लान सकिएपछि बाँकी डाटा पनि खेर जान्छ।
सुरुवात गर्ने तरिका ◎कुनै क्रेडिट जाँच गरिँदैन। कुनै निवेदन दिनु पर्दैन।
भौतिक सिम वा ई-सिम रोज्नुहोस र कुनै मासिक सम्झौता बिना नै सेवा सुरु गर्नुहोस।
△सामान्यतया निवेदन र क्रेडिट जाँच आवश्यक पर्छ।
सेवा सक्रिय हुन केही दिन लाग्न सक्छ।
◯सामान्यतया क्रेडिट जाँच आवश्यक पर्दैन।
भुक्तानी गर्ने तरिका ◎कन्भिनियन्स स्टोरहरूमा नगद भुक्तानी उपलब्ध छ।
अनलाइन भुक्तानीका लागि अन्तर्राष्ट्रिय क्रेडिट कार्डहरू स्वीकार गरिन्छ।
△सामान्यतया क्रेडिट कार्ड वा जापानी बैंक खाता नै आवश्यक पर्छ। ◯खरिद गर्दा भुक्तानी गर्नुपर्छ।
तपाईले सिम चलाउन बन्द गर्दा ◎क्यान्सिल गरिरहनु पर्दैन।
बस रिचार्ज गर्न छाडिदिए पुग्छ।
△सम्झौता र बिलिङ बन्द गर्न अनिवार्य रूपमा क्यान्सिल गर्नुपर्छ। ◯धेरैजसो अवस्थामा क्यान्सिल गरिरहनु पर्दैन।

वास्तविक जीवनका उदाहरणहरू

भिन्नता स्पष्ट हुने अवस्थाहरू

वास्तविक जीवनका परिस्थितिहरूमा टप सिमको तुलना कसरी हुन्छ, हेर्नुहोस।

अवस्था १ / मासिक शुल्क नलाग्ने

६ महिनामध्ये ३ महिना मात्र प्रयोग गर्नुपर्ने छ?

तपाई कामको सिलसिलामा यात्रा गर्दै हुनुहुन्छ वा केही महिनाका लागि स्वदेश फर्कँदै हुनुहुन्छ भने, मासिक सम्झौता भएको सिममा बाहिर हुँदा पनि शुल्क तिरिरहनुपर्छ। तर टप सिममा कुनै मासिक शुल्क लाग्दैन — तपाईलाई डाटा आवश्यक परेको बेला मात्र रिचार्ज गर्न सक्नुहुन्छ।

मासिक सम्झौता भएको सिम — ६ महिना¥9,000
टप सिम ५जीबी — ३ पटक रिचार्ज¥2,970

※ टप सिमः ५जीबी / ३० दिन (¥९९०) × ३ पटक रिचार्ज। मासिक सम्झौता भएको सिमः ¥१,५००/महिना × ६ महिना, टप सिमद्वारा अनुसन्धान गरिएको तुलनात्मक ५जीबी प्लानमा आधारित।

अवस्था २ / डाटा सार्ने सुविधा

नचलाएको डाटा? जोगाएर राख्नुहोस।

तपाईले ५जीबी किन्नुभयो र ३जीबी मात्र प्रयोग गर्नुभयो। टप सिममा बाँकी रहेको २जीबी डाटा खेर जाँदैन। रिचार्ज गरेर तपाईले प्रयोग नभएको डाटाको म्यादलाई १८० दिनसम्मका लागि लम्ब्याउन सक्नुहुन्छ।
डाटाको म्याद सकिन लाग्यो भनेर सिध्याउनु पर्दैन — आफूलाई चाहिने बेला मात्र प्रयोग गर्नुहोस।

पहिलो महिनाअगाडि सारिएको
दोस्रो महिनाअगाडि सारिएको
तेस्रो महिनाअगाडि सारिएको
चौथो महिनाअगाडि सारिएको
पाँचौँ महिनाअगाडि सारिएको
छैटौँ महिना१८० दिनसम्म सार्न सकिने
टप सिमः १८० दिनसम्म सामान्य मासिक प्लानहरूः धेरैजसो अर्को महिनाको अन्त्यसम्म मात्र हुन्छ
अवस्था ३ / क्रेडिट जाँच नपर्ने

झन्झटिला कुनै सम्झौता नगरिकन नै सेवा सुरु गर्नुहोस

क्रेडिट कार्ड नभए पनि हुन्छ, जापानी बैंक खाता र क्रेडिट जाँच पनि चाहिँदैन। टप सिम एउटा प्रिपेड सेवा भएकोले, कुनै झन्झटिलो मासिक मोबाइल सम्झौता नगरिकनै सिधै प्रयोग गर्न सक्नुहुन्छ।

भौतिक सिम वा ई-सिम रोज्नुहोस।ई-सिम लिनुभएमा, डेलीभरीको लागि पर्खनु पर्दैन। जुनसुकै सिम रोजे पनि कुनै क्रेडिट जाँच गरिरहनु पर्दैन।
परिचय खुलाउनु पर्दैन।कुनै कागजी प्रक्रिया छैन वा प्रत्यक्ष उपस्थित भई आवेदन दिनु पर्दैन। बस एप्प डाउनलोड गरेर तुरुन्तै प्रयोग गर्न सुरु गर्नुहोस!
तुरुन्तै चलाउनुहोस!तपाईको सिम सक्रिय हुनेबित्तिकै, तपाईले डाटा प्रयोग गर्न सक्नुहुन्छ।

इच्छानुसार भुक्तानी गर्नुहोस। सेभेन-इलेभेन, फ्यामिलिमार्ट, लसन, मिनीस्टप, सेइकोमार्ट वा MMK टर्मिनल भएका स्टोरहरूमा सिधै नगद तिर्न सक्नुहुन्छ। एप्पमा क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने सुविधा पनि उपलब्ध छ।

ई-सिम वा भौतिक सिम - तपाईको इच्छा!

टप सिम दुवै ई-सिम र परम्परागत भौतिक सिम कार्डमा उपलब्ध छ। तपाईले जुन रोजेपनि उस्तै उत्कृष्ट गति र गुणस्तर पाउनुहुनेछ - यसलाई कसरी मिलाउनु हुन्छ भन्नेमा मात्र फरक पर्छ।
ई-सिम भएपछि, केही हाल्नु वा फेर्नु पर्दैन। अनलाइनमै हुने एउटा क्यूआर कोड स्क्यान गर्नु भएपछि तपाई अगाडि बढ्न सक्नुहुन्छ।
तपाईको फोनले ई-सिम सपोर्ट गर्छ कि गर्दैन भन्ने पक्का छैन? चिन्ता लिनुपर्दैन – हामीले तपाईलाई भौतिक सिमको विकल्प पनि दिएका छौं।

  • ई-सिम

    • आफ्नो टप सिम एप्पमा एउटा क्यूआर कोड / एक्टिभेसन कोड पाउनुहोस
    • सिम कार्ड हराउँला वा बिग्रेला भन्ने चिन्ता लिनु पर्दैन।
    • वातावरणमैत्री - प्लास्टिक छैन, फोहर छैन
    ई-सिम किन्नुहोस 
  • सिम कार्ड

    • आफूलाई एउटा भौतिक सिम कार्ड पठाइदिने व्यवस्था गर्नुहोस
    • यसलाई हालेर सेटअप गरेपछि तपाईको तयारी पूरा हुन्छ
    • प्रायजसो कुनै पनि अनलक गरिएको फोनमा चल्छ
    भौतिक सिम किन्नुहोस 

एक्टिभेट गर्ने गाइड

सक्रिय गर्न तयार हुनुहुन्छ? आफ्नो फोन र सिमको प्रकारसँग मिल्ने सही गाइड छान्नुहोस।

जापानमा मात्र प्रयोग गर्न सकिने ई-सिम

साथीहरूलाई आमन्त्रण गर्नुहोस, नि:शुल्क डाटा पाउनुहोस!

तपाईको लागि ५ जीबी • तपाईको साथीलाई १ जीबी

आफ्नो लिङ्क सेयर गरेर फ्री डाटा लिनका लागि “साथीलाई आमन्त्रण गर्नुहोस” मा थिच्नुहोस!
★ तपाईलाईः साथीले ई-सिम खरिद गरी पहिलो रिचार्ज गरेपछि ५ जीबी नि:शुल्क!
★ साथीलाई: ई-सिम सुचारु गरेपछि १ जीबी निःशुल्क

साथीलाई आमन्त्रण गर्नुहोस

जापानमा मात्र प्रयोग गर्न सकिने ई-सिम

साथीहरूलाई आमन्त्रण गर्नुहोस, नि:शुल्क डाटा पाउनुहोस!

तपाईको लागि ५ जीबी • तपाईको साथीलाई १ जीबी

आफ्नो लिङ्क सेयर गरेर फ्री डाटा लिनका लागि “साथीलाई आमन्त्रण गर्नुहोस” मा थिच्नुहोस!
★ तपाईलाईः साथीले ई-सिम खरिद गरी पहिलो रिचार्ज गरेपछि ५ जीबी नि:शुल्क!
★ साथीलाई: ई-सिम सुचारु गरेपछि १ जीबी निःशुल्क

for resellers

रिचार्ज गर्न मिल्ने सिमहरू मार्फत सधैँ सम्पर्कमा रहनुहोस📱

दर्ता गर्नु पर्दैन वा कुनै कागजपत्र चाहिँदैन। जापानको कुनै पनि कन्भिनियन्स स्टोरमा नगद तिरेर वा अनलाइनमा क्रेडिट कार्डबाट भुक्तानी गर्नुहोस!

रिसेलरहरूको लागि
my050 app

"माई ०५०" एप्प मार्फत VoIP कलहरूको आनन्द लिनुहोस

टप सिम डाटा मात्र चलाउन मिल्ने सिम हो । भ्वाइस कल सेवाको लागि, हाम्रो माई ०५० एप्प चलाएर हेर्नुहोस !
माई ०५० एप्प मार्फत, तपाईले जापान भित्र र अन्य देशहरूमा किफायती कलहरू गर्न सक्नुहुन्छ । तपाईले आफ्नै ०५० नम्बरको लागि पनि आवेदन दिनसक्नु हुन्छ, जस मार्फत तपाईले सिधै एप्पबाट आगमन कलहरू उठाउन सक्नुको साथै अन्य विभिन्न सुविधाहरूको फाइदा उठाउन सक्नुहुन्छ ।

अधिक जानकारीको लागि हाम्रो वेबसाइट हेर्नुहोस

समाचार