रिसेलरहरूको लागि
उत्कृष्ट कनेक्टिभिटी दिन र लागतको बचत गराउन बनाइएको टप सिम एउटा प्रिमियम प्रिपेड डाटा सिम कार्ड हो ।
![](http://shop.brastel.com/cdn/shop/files/20_mobile.png?v=1737081370&width=1500)
समावेश भएका विषेशताहरूः
- प्रारम्भिक डाटाः ५ जीबी / ३० दिन
- प्रतिस्पर्धी मूल्य, कुनै लुकेको शुल्क छैन
- दर्ता वा कुनै सम्झौता गर्नु पर्दैन
- डाटा रोलओभर १८० दिन सम्म हुनेछ ।
- प्रत्येक पटक रिचार्ज गर्दा सिमको भ्यालिडिटी थपिन्छ ।
- कन्भिनियन्स स्टोरहरूमा रिचार्ज गर्न मिल्ने
- सजिलो-सक्रिय प्रक्रिया
- व्यापक नेटवर्क कभरेज
- हाई डाटा स्पीड
- कुनै दैनिक सीमा छैन
कस्टमरहरूले टप सिम किन रोज्छन् ?
-
लागतको बचत
पैसा बचत गराउन टप सिमले किफायती रिचार्ज गर्न मिल्ने प्लानहरू अफर गर्दछ ।
-
विश्वसनीयता
डोकोमो नेटवर्कले भरपर्दो र व्यापक कभरेजको साथै हाई स्पीड कनेक्सन प्रदान गर्दछ ।
-
लचिलोपन
फरक–फरक प्रकृतिका आवश्यकताहरू र बजेट अनुसारको विभिन्न योजनाहरू ।
तपाईलाई जति चाहिन्छ त्यति नै दिनसम्म प्रयोग गर्नुहोस ।
-
कस्टमर सपोर्ट
कुनै समस्या पर्दा सहयोग चाहिएमा, टप सिम एप्पमै बहुभाषिक कस्टमर सपोर्ट उपलब्ध छ ।
रिसेलरलाई फाइदाहरू
-
प्रिपेड बिजनेस मोडेल
प्रिपेड अर्थात अगाडी नै पैसा तिरेर सेवा लिने अवधारणासँग विदेशका ग्राहकहरू पहिले नै परिचित भएकाले प्रिपेड टप सिमको धेरै जानकारी बिना नै यसलाई प्रयोग गर्न सक्छन् । उनीहरूले आफ्नो बजेट अनुसार रकम भुक्तानी गर्नसक्ने भएकोले, आवश्यकता अनुसारको खर्च गर्न सक्नेछन् । उनीहरूको आवश्यकता पूरा गर्न हामीले रिचार्ज गर्न मिल्ने विभिन्न डाटा प्लानहरू ल्याएका छौं । एजेन्टहरूले शुल्क तिर्न ढिला गर्ला भन्ने चिन्ता लिनु पर्दैन । सिम रिचार्ज नगरेको खण्डमा इन्टरनेट कनेक्सन बन्द हुन्छ । यो तपाई र तपाईका ग्राहक दुवैको लागी सुविधाजनक छ !
-
कम लागतमा उच्च प्रतिफल
टप सिमले प्रदान गर्ने प्रतिस्पर्धी आधार मूल्यबाट उच्च मुनाफा कमाउन सक्नुहुन्छ । तपाईले माग र प्रतिस्पर्धाको आधारमा मूल्य समायोजन गर्न मिल्ने भएकोले, तपाईलाई आफ्नै मूल्यहरू राख्ने लचकता दिन्छ । यो अनुकूलन क्षमताले तपाईलाई आम्दानी बढाउन र विभिन्न किसिमका ग्राहकहरूको लागि आवश्यक रणनीति बनाउन दिन्छ ।
-
टप सिप लामो समयसम्म टिकाउ हुने
टप सिमले लचकता प्रदान गर्छ, अन्य कम्पनीहरूको जस्तो ३-६ महिना भित्र आफ्नो स्टक बेचिसक्नु पर्दैन । तपाईले नहतारिकन, ढुक्क भएर त्यसलाई भण्डारण गर्न सक्नुहुन्छ र आफ्नै गतिमा बिक्री गर्नु सक्नुहुन्छ । एक्टिभेट नहुन्जेल हाम्रो सिम कार्डहरू बिक्री गरिसक्नु पर्ने म्याद छैन र तिनीहरूलाई व्यवस्थित तरिकाले भण्डारण गर्नु भएमा, ४ वर्षसम्म टिक्न सक्छन् ।
टप सिम बिना झन्झट बिक्री गर्न सक्नुहुन्छ
-
सदस्यता लिनु पर्दैन
तपाईका ग्राहकहरूले सदस्यता नै नलिई मज्जाले टप सिम प्रयोग गर्न सक्नेछन् । कुनै क्रेडिट कार्डहरू पनि चाहिँदैन ।
-
परिचय खुल्ने कुनै प्रमाण पेश गर्नु पर्दैन
समय बचत गर्नुहोस र आफ्नो बिक्री प्रक्रियालाई सुव्यवस्थित गर्नुहोस ।
-
प्रयोग गर्न तयार सिम
कारोबारलाई सरल बनाउनुहोस र ग्राहक सन्तुष्टि बढाउनुहोस । कस्टमरहरूले टप सिम एप्प मार्फत सिम सक्रिय गर्छन् । छिटो र सजिलो !
अन्य फाइदाहरू
-
सजिलै अर्डर गर्ने मिल्ने सिस्टम
छिटो, कार्यकुशल र प्रयोगकर्ता-अनुकूल Shopify प्लाटफर्म
-
लचिलो बिलिङ विकल्पहरू
आफ्नो व्यवसायको आवश्यकता अनुसार प्रिपेड वा पोस्टपेड बिलिंग रोज्नुहोसः
- डेलिभरीमा नगद (दाइबिकी प्रिपेड सर्भिस)
- क्रेडिट कार्ड भुक्तानी
- बैंक ट्रान्सफर (पोस्टपेड इन्भोइस) -
बृहत सपोर्ट
हामी तपाईका ग्राहकहरू र तपाई दुवैका लागि विस्तृत म्यानुअल र अनलाइन सपोर्ट प्रदान गर्दछौं । अर्डर गर्ने देखि लिएर कस्टमरलाई सक्रिय बनाएर सेटअप पूरा गर्ने सम्पूर्ण प्रक्रियामा सहयोग उपलब्ध गराउने छौं ।