टप सिम एप्लिकेसन गोपनीयता नीति
हामी डाटाको गोपनीयता कायम राख्न तथा हाम्रा ग्राहकहरूको व्यक्तिगत जानकारीको सुरक्षा र संरक्षण गर्न प्रतिबद्ध छौं। यो टप सिम एप्लिकेसन गोपनीयता नीतिमा हामीले तपाईका जानकारी के कस्ता प्रयोजनका लागि सङ्कलन गर्छौं, तिनको प्रयोग कसरी र कहाँ गरिन्छ र जानकारी व्यवस्थापनसम्बन्धी विषयमा हामीलाई कसरी सम्पर्क गर्ने भन्ने कुरा स्पष्ट पारिएको छ।
१. एप्लिकेसन प्रदायक
ब्रास्टेल कं., लि.
२-६-२ योकोआमी, सुमिदा-कु, टोक्यो, जापान
२. सङ्कलन गरिने जानकारी
डिभाइस सम्बन्धी जानकारीः
- स्थानीय (भाषा)
- डिभाइस UID
- ब्रान्ड
- मोडल नाम
- अपरेटिङ सिस्टमको नाम
- अपरेटिङ सिस्टमको संस्करण
- कुल मेमोरी क्षमता
सिम सम्बन्धी जानकारीः
- डाटा प्लान सम्बन्धी जानकारी
- बाँकी रहेको डाटा र म्याद सकिने मिति
- सिमको विशेष पहिचान नम्बर (ICCID)
भुक्तानी सम्बन्धी जानकारीः
- पछिल्ला भुक्तानीहरू
- क्रेडिट कार्ड होल्डरको जानकारी र सोसँग सम्बन्धित इमेल ठेगाना (रिचार्ज गर्ने समयमा मात्र)
३. जानकारी सङ्कलन गर्ने तरिकाहरू
- प्रयोगकर्ताले एप्लिकेसनमा भर्नुभएको जानकारी (सिम नम्बर, क्रेडिट कार्ड विवरण)
- एपीआई मार्फत प्राप्त जानकारीहरू (सक्रिय डाटा प्लान, बाँकी रहेको डाटा, म्याद सकिने मिति)
- एप्लिकेसनले डिभाइसबाट स्वतः सङ्कलन गर्ने जानकारी (डिभाइस सम्बन्धी विवरण)
४. प्रयोगको उद्देश्य
हाम्रा सेवाहरू प्रदान गर्न
५. प्रकाशन, सहमति र प्रयोगकर्ताको सहभागिता
- यो गोपनीयता नीति हाम्रो वेबसाइट तथा यस एप्लिकेसनमा प्रकाशित गरिएको छ। यसरी प्रकाशित गरिनुलाई नै यस नीतिको आधिकारिक जानकारी दिइएको मानिनेछ।
- एप्लिकेसन सेटअप गर्ने क्रममा तपाईले नियम तथा शर्तहरू र सम्बन्धित नीतिहरू पढेर स्वीकार गर्नुहुँदा जानकारी सङ्कलन गर्नका लागि तपाईको सहमति प्राप्त भएको मानिनेछ।
- एप्लिकेसन अनइन्स्टल गरेर तपाईले आफ्नो जानकारीको प्रयोग रोक्न सक्नुहुन्छ।
६. तेस्रो पक्षलाई जानकारी हस्तान्तरण
स्वतः सङ्कलन भएका वा तपाईले उपलब्ध गराउनु भएका केही जानकारीहरू तल उल्लेख गरिएका पक्षहरूलाई पठाइनेछ:
- AWS ECS / EC2 / S3: खण्ड २ मा उल्लेख गरिएका जानकारीहरू
- IIJ: केही डिभाइस सम्बन्धी जानकारी
७. सम्पर्क जानकारी
यस एप्लिकेसनमा प्रयोगकर्ताको जानकारी कसरी व्यवस्थापन हुन्छ भन्ने विषयमा सोधपुछ गर्नुपरेमा, कृपया यहाँ सम्पर्क गर्नुहोस:
- सम्पर्क: व्यक्तिगत जानकारी सहायता डेस्क
- सम्पर्क माध्यम: इमेल
- इमेल: privacy@brastel.co.jp
८. यस गोपनीयता नीतिमा हुने फेरबदल
यदि यस गोपनीयता नीतिमा कुनै किसिमको संशोधन गरिएमा, अद्यावधिक गरिएको संस्करण हाम्रो वेबसाइट र यस एप्लिकेसनमा प्रकाशित गरिनेछ।
९. प्रयोगकर्ताको विकल्पहरू तथा डाटा पोर्टेबिलिटी
- प्रयोगकर्ताका विकल्पहरू: तपाईले एप्लिकेसनको सेटिङ्गसमा गएर आफूले दर्ता गरेको जानकारी हेर्न सक्नुहुन्छ। यस एप्लिकेसनमा दर्ता गरिएको जानकारी परिवर्तन गर्ने सुविधा उपलब्ध छैन। यदि तपाईले नयाँ सिम प्रयोग गर्दा वा अन्य कुनै अवस्थामा दर्ता गरिएको आफ्नो जानकारी हटाउनुपरेमा, कृपया एप्लिकेसनलाई अनइन्स्टल गर्नुहोस।
- डाटा पोर्टेबिलिटीः हाल यस एप्लिकेसनमा तपाईको जानकारी डाउनलोड गर्ने (डाटा पोर्टेबिलिटी) सुविधा उपलब्ध छैन।
१०. आउटसोर्सिङ
हामीले सङ्कलन गरेको ग्राहकको जानकारी व्यवस्थापन गर्ने कार्य, माथि उल्लेखित उद्देश्यहरू हासिल गर्न आवश्यक भएसम्म, आंशिक वा पूर्ण रूपमा बाह्य सेवा प्रदायकहरू (जस्तै क्लाउड सेवा प्रदायकहरू) लाई जिम्मा दिन सक्छौं।
यसरी जिम्मेवारी हस्तान्तरण गर्दा, हामी व्यक्तिगत जानकारीको पर्याप्त सुरक्षा स्तर कायम राख्ने सेवा प्रदायकहरूलाई ध्यानपूर्वक चयन गर्छौं र ग्राहकको जानकारीको सुरक्षित व्यवस्थापन सुनिश्चित गर्न आवश्यक तथा उपयुक्त सुपरिवेक्षण गर्छौँ।