बारम्बार सोधिने प्रश्नहरू

ई-सिम

अनुकूलता र सेटअप

मेरो डिभाइस ई-सिमका लागि उपयुक्त छ?

३२-अंकको ईआईडी भएका कुनै पनि डिभाइसमा ई-सिम चल्छ। यसमा सबै नयाँ स्मार्टफोनहरू, जस्तै नयाँ आईफोन तथा पछिल्ला एण्ड्रोइड डिभाइसहरू पर्छन्। आफ्नो डिभाइसको ३२-अंकको ईआईडी थाहा पाउन, यसको सेटिंग्स हेर्नुहोस वा *#०६# डायल गर्नुहोस। यदि यो देखिएन भने, कृपया आफ्नो आधिकारिक डिभाइसको विवरणहरू जाँच्नुहोस वा सेटिंग्स मेनुमा हेर्नुहोस, किनकि कुनै मिल्ने डिभाइसहरूले तुरुन्तै ईआईडी नदेखाउन सक्छ।

के मैले ई-सिम र भौतिक सिम कार्ड सँगै प्रयोग गर्न सक्छु?

यो डिभाइसमा निर्भर गर्दछ। केही डिभाइसहरूले एकै पटक दुवै ई-सिम र भौतिक सिम कार्ड प्रयोग गर्ने सुविधा दिन सक्छन्। अरूले भने एक पटकमा एउटा मात्र सिम कार्ड सपोर्ट गर्न सक्छन्।

के मैले एउटै ई-सिम विभिन्न डिभाइसहरूमा प्रयोग गर्न सक्छु?

माफ गर्नुहोस, त्यसो गर्न मिल्दैन। एउटा ई-सिम एक पटकमा एक डिभाइसमा मात्र प्रयोग गर्न मिल्छ। यदि तपाईले डिभाइस फेर्नुभएमा, एउटा नयाँ ई-सिम खरिद गर्नुपर्ने हुन्छ।

के ई-सिम इन्स्टल गर्न इन्टरनेट कनेक्सन चाहिन्छ?

हो, चाहिन्छ। आफ्नो डिभाइसमा ई-सिम प्रोफाइल डाउनलोड गर्न र सक्रिय गर्न इन्टरनेट कनेक्सन चाहिन्छ।
सकेसम्म स्थिर वाइफाइ कनेक्सन प्रयोग गर्न हामी सिफारिस गर्छौं। तपाई जापान आइपुग्नु भएपछि, तपाईले हानेडा, नारिता वा कन्साई जस्ता विमानस्थलहरूमा भएका निःशुल्क वाइफाइ प्रयोग गरेर आफ्नो ई-सिम सक्रिय गर्न सक्नुहुन्छ। त्यस वाहेक, जापान पुग्ने बित्तिकै तुरुन्तै र बिना कुनै झन्झट इन्टरनेट चल्न थालोस् भनेर आफू उड्नु भन्दा अगाडी नै ई-सिम प्रोफाइल इन्स्टल गर्न सक्नुहुन्छ।

मैले ई-सिम कसरी इन्स्टल गर्न सक्छु?

तपाईको ई-सिम इन्स्टल र सक्रिय गर्नका लागि हामी दुईवटा विकल्पहरू दिन्छौं:
१. क्यूआर कोड स्क्यान गरेर
२. एक्टिभेसन कोड प्रयोग गरी म्यानुअली सक्रिय गर्न

तपाईको डिभाइसको अपरेटिङ सिस्टम अनुसार कुन तरिका अपनाउने भनेर हामी सल्लाह दिन्छौंः

  • आइओस प्रयोगकर्ताहरूःक्यूआर कोड प्रयोग गर्नुहोस। यो खरिद गरे लगत्तै एप्प स्क्रिनमा विस्तृत निर्देशनहरू सहित देखाइनेछ। तपाईले प्रयोग गरिरहनु भएको डिभाइसमा राख्न सिधै इन्स्टल बटन थिच्नुहोस वा अर्को डिभाइसमा इन्स्टल गर्न कोड स्क्यान गर्नुहोस।
  • एन्ड्रोइड प्रयोगकर्ताहरूःहामी म्यानुअल तरिकाले सक्रिय गर्न सल्लाह दिन्छौं। एप्पमा दिइएको एक्टिभेसन कोड कपी गरेर आफ्नो फोनको ई-सिम सेटिंग्समा त्यसलाई पेस्ट गरे पुग्छ।

थप जानकारीको लागि, हाम्रो "ई-सिम कसरी सेट अप गर्ने" पेज हेर्नुहोस!

मेरो ई-सिम किन काम गर्दैन?

तपाईको ई-सिमले काम नगरेको खण्डमा, कृपया निम्न कुराहरू जाँच गर्नुहोसः
१.के तपाईको फोन अनलक गरिएको छ?यदि तपाईले आफ्नो फोन मोबाइल सेवा प्रदायकबाट किन्नुभएको हो भने, त्यो सिम-लक भएको हुन सक्छ। तपाईको डिभाइस अनलक गरिएको छ र हाम्रो जस्तो तेस्रो-पक्षीय ई-सिमहरू प्रयोग गर्न सक्छ भनेर पुष्टि गर्न आफ्नो सेवा प्रदायकलाई सम्पर्क गर्नुहोस।
२.के तपाईले ई-सिम पहिले नै सक्रिय गरिसक्नु भयो?एउटा ई-सिम सामान्यतया एक पटक मात्र इन्स्टल गर्न मिल्छ। यदि तपाईले यसलाई पहिले नै अर्को डिभाइसमा सक्रिय गर्नुभएको छ वा डिलिट गर्नुभएको छ भने, अब उप्रान्त यो काम नलाग्न सक्छ।
३.आफ्नो मोबाइल सेटिंग्स जाँच गर्नुहोसः- वाइफाइः अफ
- एयरप्लेन मोडः अफ
- डाटा रोमिङः अफ
- मोबाइल डाटाः अन
४.आफ्नो एपिएन सेटिंग्स जाँच्नुहोस(एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि): हाम्रो सेटअप गाइड अनुसार एक्सेस पोइन्ट नाम (एपीएन) सही तरिकाले राखेको पक्का गर्नुहोस। गलत एपीएन सेटिंग्सले गर्दा मोबाइल डाटा नचल्न सक्छ। सामान्यतया आइओसको लागि एपिएन सेटिंग्स स्वचालित रूपमै सेट हुन्छ। यद्यपि, टेदरिङ प्रयोग गर्न वा आफ्नो डाटा (व्यक्तिगत हटस्पट) सेयर गर्न चाहनुहुन्छ भने, तपाईले एपिएन म्यानुअली नै प्रविष्ट गर्नुपर्ने हुन्छ।
५.आफ्नो फोन रिस्टार्ट गर्नुहोस:इन्स्टल गरेर सेटअप गरेपछि, आफ्नो डिभाइस रिस्टार्ट गर्नाले तपाईको फोनलाई नयाँ नेटवर्क राम्ररी दर्ता गर्न सहयोग गर्नसक्छ।
६.आफ्नो सिग्नल बार/नेटवर्क नाम जाँच्नुहोस:यदि सिग्नल वा नेटवर्कको नाममा "IIJ" देखिएन भने, सिम राम्ररी सक्रिय नभएको हुन सक्छ वा तपाई कभरेज कम भएको ठाउँमा हुन सक्छ।
७.सफ्टवेयर अपडेटहरू छ कि हेर्नुहोस:आफ्नो डिभाइसमा सबैभन्दा नयाँ सिस्टम अपडेटहरू इन्स्टल भएको पक्का गर्नुहोस, किनकि यसले कहिलेकाहीँ ई-सिमलाई असर गर्नसक्छ।
८.आफ्नो फोनमा पर्याप्त ब्याट्री बाँकी भएको पक्का गर्नुहोस।ब्याट्री कम हुँदा कहिलेकाहीँ फोनले राम्रोसँग काम नगर्न सक्छ, खासगरी इन्स्टल वा नेटवर्क कनेक्सन गर्ने बेलामा।

के ई-सिमले मेरो फोनको ब्याट्री खान्छ?

खासै खाँदैनः एउटा ई-सिमले परम्परागत भौतिक सिम भन्दा बढी ब्याट्री प्रयोग गर्दैन। यद्यपि, यो कसरी प्रयोग गरिन्छ भन्ने कुरामा भर पर्छ, केही कुराहरूले ब्याट्रीको खपतलाई प्रभाव पार्न सक्छन्:
१.डुअल सिमको प्रयोग(जस्तै, जब तपाईले डाटाको लागि ई-सिम र भ्वाइसको लागि भौतिक सिम प्रयोग गर्नुहुन्छ): तपाईको फोनले एकै पटक दुईवटा नेटवर्क कनेक्सनहरू प्रयोग गर्नुपर्छ, जसले गर्दा ब्याट्रीको खपत बढाउँन सक्छ।
२.रोमिङ:विश्वव्यापी योजनाहरूका केही ई-सिमहरूले निरन्तर राम्रो नेटवर्क खोजिरहने भएकोले, त्यसले ब्याट्री खपतलाई बढाउन सक्छ। → टप सिमलाई रोमिङ नचाहिने भएकोले यो कुरा यसमा लागू हुँदैन।
३.सिग्नल कम हुँदा:भौतिक सिम वा ई-सिम जुन प्रयोग गरेपनि, सिग्नल कम भएका ठाउँहरू(जस्तै भूमिगत वा दुर्गम ठाउँहरू)मा हुँदा तपाईको डिभाइसलाई कनेक्सनमा रहिरहन गाह्रो हुने भएकोले बढी ब्याट्री खपट गर्नुपर्ने हुन्छ।
४.बारम्बार नेटवर्क परिवर्तन:नेटवर्कहरू बीच परिवर्तन गरिरहने ई-सिमहरूले (केही ट्राभल सिमहरूमा सामान्य) धेरै ब्याट्री खान सक्छन्। → टप सिममा यो कुरा लागू हुँदै किनकि स्थिर कनेक्सन पक्का गर्न, टप सिम सधैं IIJ नेटवर्कमा जोडिन्छ।

मैले प्रोफाइल वा एप्प डिलिट गरेपछि, फेरि प्रोफाइलाई इन्स्टल गर्न मिल्छ?

यदि तपाईले ई-सिम प्रोफाइल डिलिट गर्नुभएको छ भने, त्यसलाई फेरि इन्स्टल गर्न मिल्दैन। तपाईले नयाँ प्याकेज किनेर नयाँ ई-सिम प्रोफाइल इन्स्टल गर्नुपर्ने हुन्छ।
यदि तपाईले टप सिम एप्प मात्र हटाउनुभयो, तर ई-सिम प्रोफाइल आफ्नो डिभाइसमा नै छ भने, तपाईले बाँकी डाटा प्रयोग गर्न सक्नुहुन्छ। प्रोफाइल फेरि इन्स्टल गरिरहनु पर्दैन। यद्यपि, एप्प नभएमा तपाईले आफ्नो प्लान रिचार्ज गर्न सक्नुहुने छैन। रिचार्ज गर्नको लागि तपाईले एप्पलाई फेरि इन्स्टल गर्नुपर्ने हुन्छ।

उपयोग र विशेषताहरू

के जापानमा ई-सिमसँगै मैले वाट्सएप्प वा अन्य मेसेज गर्ने एप्पहरू प्रयोग गर्न सक्छु?

हो, सक्नुहुन्छ!
टप सिम डाटा-मात्र चल्ने ई-सिम भएकोले, जापानमा हुँदा तपाईले वाट्सएप्प,लाइन, मेसेन्जर र अन्य इन्टरनेटबाट चल्ने संचार एप्पहरू प्रयोग गरेर मेसेज पठाउन, भ्वाइस र भिडियो कल गर्न र सम्पर्कमा रहन सक्नुहुन्छ।

महत्वपूर्ण: कृपया यहाँ आउनुअघि नै आफ्ना एप्प खाताहरू सेटअप गरिसक्नु होला, विशेष गरी यदि तिनीहरूलाई प्रमाणीकरण गर्न तपाईको देशको फोन नम्बर नै चाहिन्छ भने।

के मैले टप सिमबाट एसएमएस पठाउन वा कल गर्न सक्छु?

सक्नुहुन्न, टप सिम एउटा डाटा-मात्र चल्ने सिम हो। यसले एसएमएस वा भ्वाइस सेवाहरूलाई सपोर्ट गर्दैन। कलहरू गर्न वा प्राप्त गर्नको लागि, तपाईले हाम्रो माई ०५० नम्बर सेवाको सदस्यता लिन सक्नुहुन्छ।
वा, तपाईले इन्टरनेट कनेक्सन मार्फत चल्ने कलहरू र मेसेजहरू(जस्तै, वाट्सएप्प, मेसेन्जर, इन्स्टाग्राम, लाइन आदि ) प्रयोग गर्न सक्नुहुन्छ।

के ई-सिमले मेरो फोन नम्बर परिवर्तन गर्छ?

अहँ, गर्दैन।
हाम्रो टप सिम ई-सिमहरूमा फोन नम्बर समावेश हुँदैन। तिनीहरूमा डाटा-मात्र हुने भएकोले, तपाईले मेसेज र कलहरू गर्न इन्टरनेटबाट चल्ने एप्पहरू जस्तै वाट्सएप्प,लाइन र मेसेन्जर प्रयोग गर्न सक्नुहुन्छ तर परम्परागत भ्वाइस कलहरू वा एसएमएस पठाउन वा पाउन सक्नुहुन्न। तपाईको हालको फोन नम्बर (तपाईको भौतिक सिम वा अर्को ई-सिमबाट) परिवर्तन हुनेछैन।

के मैले अर्को देशमा रोमिङ गर्नेबेला ई-सिम चलाउन सक्छु?

अहँ, टप सिम जापानमा इन्टरनेट कनेक्सनको लागि मात्र उपलब्ध छ।

यदि मेरो डाटा सकियो भने, के हुन्छ?

यदि सबै डाटा सकाउनु भयो भने, तपाईको स्पिड घटेर २०० केबीपीएसको हुनेछ। छिटो स्पिड पाउनको लागि कृपया आफूलाई मनपर्ने एउटा नयाँ प्लान रोजेर रिचार्ज गर्नुहोस।

के मेरो ई-सिमको अवधि थप गर्नसक्छु?

हो, ई-सिमको भ्यालिडिटी अवधि भित्र गर्नुहुने हरेक रिचार्जले यसको अवधि थप गर्न सक्नुहुन्छ। अघिल्लो अवधिमा प्रयोग नगरिएको कुनै पनि डाटालाई नयाँ अवधिमा रोलओभर गर्न सकिन्छ, तर अधिकतम १८० दिनसम्मको लागि मात्र ।

खरिद, खाता र रिचार्ज

के म जापान आइपुग्नु अघि नै तपाईको ई-सिम अर्डर गर्न सक्छु?

हो, जापान आइपुग्नु अघि नै आफ्नो टप सिम ई-सिम अर्डर गर्न सक्नुहुन्छ।
आफ्नै देशमा हुँदा पनि तपाईले ई-सिम प्रोफाइल इन्स्टल गर्न सक्नुहुन्छ। यद्यपि, कृपया ध्यान दिनुहोस कि जापान नपुगेसम्म तपाईले यो इन्टरनेट कनेक्सन चलाउन पाउनुहुने छैन। सही तरिकाले कन्फिगर गर्नुभएको छ भने, तपाई जापान पुगेपछि उपलब्ध लोकल नेटवर्कसँग सम्पर्क गरेर मात्र ई-सिम सक्रिय हुनेछ।

महत्वपूर्णः तपाईले प्रोफाइल इन्स्टल वा प्रयोग नगरे तापनि, ई-सिमको भ्यालिडिटी अवधि यो खरिद गरेको ४५ दिनपछि आफै शुरू हुन्छ। त्यसैले कृपया सोही अनुसार आफ्नो खरिद गर्ने समयलाई मिलाउनु होस।

के मैले एउटा खाता बनाउनु पर्छ?

अहँ, तपाईले केहि बनाउनु पर्दैन!
हाम्रो सेवालाई प्रयोगकर्ता-अनुकूल र सकेसम्म कुनै झन्झट नहुने गरी डिजाइन गरिएको छ। यसको मतलबः

  • कुनै खाता दर्ता आवश्यक छैन!
  • लगइन वा पासवर्ड सम्झिराख्नु पर्दैन!
  • ईकेवाइसी (परिचय प्रमाणीकरण) चाहिँदैन!

यद्यपि, आफ्नो ई-सिम इन्स्टल गरेपछि एप्पलाई नहटाउन हामी विशेष सल्लाह दिन्छौं। यदि यसलाई हटाउनु भएमाः

  • तपाईले आफ्नो ई-सिम प्लान रिचार्ज गर्न पाउनुहुने छैन।
  • एउटै ई-सिमलाई निरन्तरता दिनुभएमा कम शुल्क तिर्ने फाइदा गुमाउनु हुनेछ।

सजिलो रिचार्ज र राम्रो मूल्यको आनन्द लिन एप्प इन्स्टल गरि राख्नुहोस!

मेरो ई-सिम मैले कसरी रिचार्ज गर्ने?

यो एकदमै सजिलो छ!
टप सिम एप्प खोल्नुहोस, आफूलाई मनपर्ने डाटा प्लान रोज्नुहोस र स्क्रिनमा देखाइएका निर्देशनहरू पालना गरेर रिचार्ज पूरा गर्नुहोस।
अहिले, जापानका कन्भिनियन्स स्टोरहरूमा नगद भुक्तानी लिन्छौं। तर राम्रो कुरा के भने — हामी चाँडै क्रेडिट कार्ड र अन्य डिजिटल भुक्तानीका विकल्पहरू पनि थप्दै छौं!

के ई-सिमको म्याद सकिए पछि मैले रिचार्ज गर्नसक्छु?

हजुर, प्लानको म्याद सकिएको ७ दिन भित्रसम्म मात्र ई-सिम रिचार्ज गर्न सक्नुहुन्छ, तर पहिला वाइफामा जोडिएको हुनुपर्छ।

के मेरो अर्डर मैले रद्द गर्नसक्छु?

माफ गर्नुहोस, भुक्तानी पूरा भएपछि रद्द वा फिर्ता गर्न सम्भव छैन।
यद्यपि, यदि तपाईले "माई पेमेन्ट" (कन्भिनियन्स स्टोरमामा नगद) भन्ने विकल्प रोज्नुभएको थियो र अहिलेसम्म भुक्तानी गर्नुभएको छैन भने, तपाईले कारोबार पूरा नगरे पनि हुन्छ — यदि मन परिवर्तन भएको छ भने तपाईले अरू केही गर्नुपर्दैन।

SM-DP+ ठेगाना भनेको के हो?

SM-DP+ ठेगानाले एउटा एक्टिभेसन कोड जस्तै काम गर्छ। यो तपाईको मोबाइल सेवा प्रदायकले तपाईको फोनको ई-सिम, अर्थात डिभाइसमा पहिले नै बनेको डिजिटल सिम कार्ड, सक्रिय गर्न दिएको एउटा विशेष इन्टरनेट लिङ्क हो। आफ्नो ई-सिम सक्रिय गर्न, तपाईले यो लिङ्क हाल्नु वा स्क्यान गर्नुहुन्छ जसले तपाईको फोनलाई आवश्यक सबै नेटवर्क सेटिङहरू सुरक्षित तरिकाले डाउनलोड गर्न र भौतिक सिम कार्ड बिना नै तपाईको सेवा प्रदायकसँग जोडिन मद्दत गर्छ।

सिम कार्ड

Collapsible content

किन इन्टरनेट छैन?

कृपया निम्न कुराहरू जाँच गर्नुहोस:
१. एपीएन सेटिंग्स (सबै सेलुलर डाटा कनेक्टिभिटीको लागि नेटवर्क मार्ग) यस म्यानुअल आइओएस एण्ड्रोइड अनुसार भएको पक्का गर्नुहोस ।
२. तपाईको मोबाइल डाटा अन भएको, एरोप्लेन मोड अफ भएको र वाइफाइ अफ भएको पक्का गर्नुहोस ।
३. तपाईले IIJ एन्टेना पिक्टोग्राम नदेखेसम्म डिभाइसलाई रिबुट गर्नुहोस ।
४. सिम लक भएका वा अन्य क्यारिएरहरूले नेटवर्क उपयोग गर्न प्रतिबन्ध लगाइएका यन्त्रहरू उपयुक्त नहुन सक्छन् । यस्तो अवस्थामा, तपाईले खरिद गर्नुभएको ठाउँमा वा क्यारियरलाई अनलक गर्न अनुरोध गर्नुपर्ने हुनसक्छ ।
५. दुईवटा सिम भएको डिभाइस हो भने, तपाईले सही सिम स्लट प्रयोग गरिरहनु भएको छ कि छैन भनी जाँच गर्नुहोस । अर्को स्लटको सिम प्रयोग गरेर त्यसमा पनि एपीएन सेटिंग्स राखेर प्रयास गर्नुहोस । डिभाइस रिबुट गर्न नबिर्सनुहोस ।
६. रुचाइएको नेटवर्कको प्रकारमा "जीएसएम मात्र" बाहेक अरू कुनै राखिएको छ भन्ने निश्चित गर्नुहोस ।

मेरो डाटा स्पीड किन स्लो छ ?

सम्भवतः, तपाईले आफ्नो भएको डाटा चलाई सक्नु भएको छ, जसले गर्दा तपाईको स्पीड २०० केबीपीएस मा घटेको हुनसक्छ । कृपया तपाईले रूचाउनु भएको एउटा नयाँ प्लान छान्नुहोस र रिचार्ज गरेर पुन: हाई स्पीड कनेक्सन प्राप्त गर्नुहोस ।

यदि डाटा सकिएको होइन भने, कृपया निम्न कुराहरू जाँच गर्नुहोस:
१. एपीएन सेटिंग्स यस म्यानुअल आइओएस एण्ड्रोइड अनुसार सहि तरिकाले कन्फिगर गरिएको छ भनी पक्का गर्नुहोस ।
२. तपाईको मोबाइल डाटा अन भएको, एरोप्लेन मोड अफ भएको र वाइफाइ अफ भएको पक्का गर्नुहोस ।
३. तपाईको डिभाइसलाई रिबुट गर्नुहोस ।
४. तपाईको क्षेत्रमा नेटवर्क बिग्रेको वा मर्मतसंभारको कामहरू भइरहेको छ कि भनेर जाँच गर्नुहोस ।
यदि समस्या रहिरहेमा, कृपया थप सहयोगको लागि हाम्रो कस्टमर सर्भिसलाई सम्पर्क गर्नुहोस ।

के म यो सिमलाई टेदरिङ गरि प्रयोग गर्न सक्छु?

हो, हामी टेदरिङ गरेर डाटा प्रयोग गर्न रोक लगाउँदैनौं, तर कृपया तपाईको डिभाइसले टेदरिङको अनुमति दिन्छ कि दिँदैन जाँच गर्नुहोस
आइओएसको लागि, तपाईले ती एपीएन सेटिंग्स [व्यक्तिगत हटस्पट] फिल्डमा थप्नुपर्छ ।

मैले दैनिक कति डाटा चलाएँ कसरी थाहा पाउने?

कृपया आफ्नो डिभाइसको सेटिंग्स भित्र मोबाइल डाटाको प्रयोग हेर्नुहोस ।

मैले बारकोड स्क्यान गरेर वा म्यानुअली नै विवरण राखेर मेरो सिम सक्रिय गर्न सकिन, किन होला?

सम्भवतः इन्टरनेट कनेक्सन नभएकोले यस्तो भएको हुनसक्छ। कृपया आफ्नो एपिएन सेटिङहरू जाँच गर्नुहोस, मोबाइल डाटा अन भएको पक्का गर्नुहोस, र वाइफाइ अनि एयरप्लेन मोड अफ भएको सुनिश्चित गर्नुहोस ।

मेरो प्रारम्भिक ५जीबी किन ३० दिन भन्दा बढी छ ?

एकै दिनमा एपिएन सेटिंग्स र सिम एक्टिभेट गर्ने प्रकृया पूरा गर्नुभएमा प्रारम्भिक ५जीबी डाटा पूरा ६० दिनको लागि मान्य हुन्छ । कृपया ध्यान दिनुहोस कि एपिएन सेटिंग्स कन्फिगर गर्नु भएको ३० दिन भित्र सिम एक्टिभेट गरिसक्नु पर्नेछ । यदि एपिएन सेटिंग्स र एक्टिभेट गर्ने प्रकृया भिन्नाभिन्नै दिनमा पूरा गर्नुभएमा, भ्यालिडिटी अवधि छोटो हुनेछ ।

यो सिमलाई मेरो डिभाइसले किन चिन्न सकेन?

तपाईको सिम बिग्रेको हुनसक्छ । कृपया सहयोगको लागि हाम्रो कस्टमर सर्भिसलाई सम्पर्क गर्नुहोस ।

के म विभिन्न डिभाइसहरूमा एउटै सिम कार्ड प्रयोग गर्न सक्छु?

सक्नुहुन्छ, तपाईले आफूसँग भएका टप सिम चल्ने सबै डिभाइसहरूमा त्यही सिम कार्ड प्रयोग गर्न सक्नुहुन्छ ।

कृपया नयाँ डिभाइसमा एपीएन सेटअप गरेपछि रिबुट गर्न नबिर्सनुहोस । सिम एक्टिभ गर्नको लागि, तपाईले कि त कार्ड होल्डरमा भएको बारकोड स्क्यान गर्नुपर्छ वा त्यो नभएमा, म्यानुअल SIM ID (ICCID) इनपुट लिङ्क प्रयोग गर्नुपर्छ । SIM ID नम्बर तपाईको सिम कार्डमा छापिएको हुन्छ र ८९८१०३ बाट सुरु हुन्छ ।

अर्को देशमा घुम्न जाँदा टप सिम प्रयोग गर्न मिल्छ कि मिल्दैन?

मिल्दैन, टप सिम जापान भित्र इन्टरनेट प्रयोग गर्नको लागि मात्र हो ।

यसको पिन कोड छ?

छ, पिन कोड "००००" हो । प्रायः यो आवश्यक पर्दैन । यद्यपि, धेरै पटक गलत पिन कोड प्रविष्ट गर्नुभयो भने तपाईको सिम ब्लक हुन्छ । यस्तो अवस्थामा, PUK कोड आवश्यक पर्छ । कृपया हाम्रो कस्टमर सर्भिसलाई सम्पर्क गर्नुहोस ।

मेरो सिम हरायो । के यो फेरि जारी गर्न मिल्छ ?

अहँ, त्यसो गर्न मिल्दैन । कृपया हाम्रो स्टोरबाट एउटा नयाँ सिम खरिद गर्नुहोसः https://shop.brastel.com/ne

मैले कन्भीनियन्स स्टोरमा बारकोड मार्फत किन पैसा तिर्न नमिलनेको ?

कृपया निम्न कुराहरू जाँच गर्नुहोस:
१. हेरक मंगलबार राति १० बजे देखि बिहान ९ बजे सम्म नेटवर्क मर्मतसंभार हुने समयमा बारकोड डाउनलोड गर्न मिल्दैन । कृपया अर्को समयमा खरिद गर्नुहोस ।
२. स्क्रिन कोरिएको छ भने वा स्क्रिनमा कुनै प्रोटेक्टिभ फिल्म राख्नु भएको छ भने स्टोरको बारकोड स्क्यानरले त्यो बारकोड राम्ररी नपढ्न पनि सक्छ ।
३. त्यो बारकोडको म्याद मध्यरातमा समाप्त हुन्छ । कृपया टप सिम एप्पबाट एउटा नयाँ बारकोड डाउनलोड गर्नुहोस ।
४. आईप्याड र ट्याब्लेट जस्ता केही स्मार्टफोन मोडेलहरूमा बारकोडहरू डिस्प्ले नहुन सक्छ । प्रयोग गर्नको लागि स्मार्टफोनमा निम्न चिजहरू हुन आवश्यक छ:
- ओएसः आइओएस १०.० वा पछिको, एण्ड्रोइडः ५.० वा पछिको
- ब्राउजरः सफारी वा गुगल क्रोमको लेटेस्ट भर्जन
- स्क्रिन साइजः ४.० इन्च देखि ६.७ इन्च

मेरो गतिविधि पेजमा मैले रिचार्ज गरेको अतिरिक्त डाटा किन नदेखाएको?

यदि तपाईले अपडेट भएको डाटा ब्यालेन्स आफ्नो एप्पमा देख्नुभएन भने, यी उपायहरू गरेर हेर्नुहोसः

  • स्क्रिन रिफ्रेस गर्नुहोस - पछिल्लो जानकारी रिलोड गर्न स्क्रिनलाई तल स्वाइप गरेर छोड्नुहोस ।
  • एप्प बन्द गरेर फेरि खोल्नुहोस - त्यो डाटा रिफ्रेस नभएको पनि हुनसक्छ ।
  • आफ्नो इन्टरनेट कनेक्सन जाँच गर्नुहोस - कमजोर वा अस्थिर सिग्नलले गर्दा डाटा अपडेट नभएको हुनसक्छ ।
  • एप्प क्यास डाटा खाली गर्नुहोस - यदि समस्या रहिरहेमा आफ्नो फोन सेटिंग्सबाट त्यसो गर्न सक्नुहुन्छ ।
  • आफ्नो फोन रिस्टार्ट गर्नुहोस - कहिलेकाहीँ, यसले सिस्टम डाटा रिफ्रेस गर्न मद्दत गर्दछ ।

यी सबै गर्दा पनि डाटा ब्यालेन्स देखिएन भने, कृपया माथी दायाँपट्टी रहेको च्याट आइकन मार्फत सपोर्टलाई सम्पर्क गर्नुहोस ।

के सिमको म्याद सकिएपछि पनि त्यसलाई रिचार्ज गर्न मिल्छ?

म्याद सकिएको ७ दिन भित्र मात्र सिम रिचार्ज गर्न मिल्छ, तर पहिले तपाई वाइफाइमा जोडिएको हुनुपर्छ ।

के मेरो सिमको अवधि बढाउन मिल्छ?

मिल्छ, सिमको भ्यालिडिटी अवधि भित्र गर्नुहुने प्रत्येक रिचार्जले यसको भ्यालिडिटी अवधि थपिन्छ । अघिल्लो अवधिमा प्रयोग नगरिएको कुनै पनि डाटालाई नयाँ अवधिमा रोलओभर गर्न सकिन्छ, तर अधिकतम १८० दिनसम्मको लागि मात्र ।

मेरो सिमको म्याद सकिएको छ । नयाँ सिम कहाँबाट लिने हो?

तपाईले हाम्रो Shopify page बाट नयाँ सिम अर्डर गर्न सक्नुहुन्छ । आफूलाई चाहिने जति सिम सपिङ कार्टमा राख्नुहोस र चेकआउट प्रकृयामा जानुहोस ।
यदि तपाई १० वटा भन्दा बढी सिमहरू खरिद गर्दै हुनुहुन्छ भने, कृपया हाम्रो रिसेलर छूट विकल्प हेर्नुहोस ।

के मैले टप सिम मार्फत एसएमएस पठाउन वा कल गर्न सक्छु?

मिल्दैन, टप सिम डाटा मात्र चलाउन मिल्ने सिम हो । यसले एसएमएस वा भ्वाइस सेवाहरूलाई सपोर्ट गर्दैन । कल गर्न र प्राप्त गर्न, तपाईले हाम्रो माई ०५० नम्बर सेवा को सदस्यता लिन सक्नुहुन्छ ।

के आफ्नो देश फर्कँदा मैले यो टप सिम रद्द गर्न वा फिर्ता गर्नुपर्छ?

यो रद्द गर्ने कुनै प्रकृया छैन । यदि तपाईले यसलाई रिचार्ज गर्नुभएन र यसको म्याद सकियो भने, यसले स्वतः काम गर्न छोड्छ । तपाईले यो सिम फिर्ता गर्नु पर्दैन ।