कानूनी सूचना
बिक्रेता: ब्रास्टेल कं, लिमिटेड
प्रतिनिधि: जुन्जी तानाबे
बिक्री प्रबन्धकः चार्ल्स तेत्सुओ चिगुसा
ठेगाना: २-६-२ योकोआमी, सुमिदा-कु, टोक्यो, जापान १३०-००१५
फोन नम्बर: ०३-५६३७-५९००
इमेल ठेगाना: topsim_inquiries@brastel.co.jp
सामानको प्रकारः
・भौतिक सिम (डाटा मात्र)
・ई-सिम (डाटा मात्र)
बिक्री मूल्य:
-भौतिक सिमः
・०.५GB: ¥१,२०० (साधारण प्रयोगकर्ताहरूको लागि)・¥६,००० (एजेन्टहरूको लागि, १०-कार्ड लट)
・५GB: ¥२,७०० (साधारण प्रयोगकर्ताहरूको लागि)・¥१३,५०० (एजेन्टहरूको लागि, १०-कार्ड लट)
-ई-सिम:
| प्लान / वैधता अवधि | ५ जीबी | १० जीबी | १५ जीबी | २५ जीबी | ५० जीबी | १०० जीबी | २०० जीबी |
|---|---|---|---|---|---|---|---|
| ३० दिन | ¥९९० | ¥१,५४० | ¥२,२०० | ¥३,०८० | ¥४,५७६ | ¥८,१५१ | ¥१४,६३० |
| ६० दिन | ¥१,८१५ | ¥१,८७० | ¥२,३६५ | ¥३,४१० | ¥४,६९७ | ¥८,२७२ | ¥१४,७९५ |
| ९० दिन | ¥१,९२५ | ¥१,९८० | ¥२,४७५ | ¥३,५२० | ¥४,८०७ | ¥८,३८२ | ¥१४,९०५ |
अतिरिक्त शुल्क (सामानको मूल्य बाहेक):
・ई-सिम जारी गर्न लाग्ने शुल्कः ¥३३० (यो भौतिक सिम कार्डहरूमा लागू हुँदैन)
・डेलिभरीमा नगद तिर्दा लाग्ने शुल्कः डेलिभरीमा नगद (COD) तिर्नुपर्ने रकम कति छ त्यसमा यो शुल्क निर्भर गर्दछ। डेलिभरीमा नगद भुक्तानीको अधिकतम सीमा ¥३,००,००० हो।
| डेलिभरीमा नगद तिर्नुपर्ने रकम | शुल्क (कर सहित) |
|---|---|
| ~¥९,९९९ सम्म | ¥३३० |
| ~¥२९,९९९ सम्म | ¥४४० |
| ~¥९९,९९९ सम्म | ¥६६० |
| ~¥३००,००० सम्म | ¥१,१०० |
・ढुवानी शुल्कः यो भौतिक सिम कार्डहरूमा मात्र लागू हुन्छ (ई-सिममा लागू हुँदैन)
ढुवानी शुल्क निम्न मापदण्डहरूको आधारमा गणना गरिन्छ:
|
क्षेत्र |
प्रिफेक्चर |
५० वटा सम्म सिम कार्डहरू (२ किलोग्राम / साइज ६०) |
५१ देखि १४० वटा सिम कार्डहरू (५ किलोग्राम / साइज ८०) |
१४१ देखि ३०० वटा सिम कार्डहरू (१० किलोग्राम / साइज १००) |
|---|---|---|---|---|
|
होक्काइडो |
होक्काइडो |
¥१,१९४ | ¥१,३९० | ¥१,६५८ |
|
तोहोकु |
आकिता, आओमोरी, फुकुशिमा, इवाते, मियागी, यामागाता |
¥९३० | ¥१,१२६ | ¥१,३९४ |
|
कान्तो |
चिबा, गुन्मा, इबाराकी, कानागावा, साइतामा, तोचिगी, टोक्यो, यामानासी |
¥८०९ | ¥१,००५ | ¥१,२७३ |
|
चुबु |
आइची, फुकुई, गिफु, मिए, इशिकावा, नागानो, नीगाता, शिजुओका, तोयामा |
¥८४२ | ¥१,०३८ | ¥१,३०६ |
|
कान्साई |
ह्योगो, क्योटो, नारा, ओसाका, शिगा, वाकायामा |
¥९३० | ¥१,१२६ | ¥१,३९४ |
|
च्युगोकु |
ह्योगो, क्योटो, नारा, ओसाका, शिगा, वाकायामा |
¥१,०१८ | ¥१,२१४ | ¥¥१,४८२ |
|
शिकोकु |
एहिमे, कागावा, कोची, टोकुशिमा |
¥१,०१८ | ¥१,२१४ | ¥१,४८२ |
|
क्युशु |
फुकुओका, कागोशिमा, कुमामोतो, मियाजाकी, नागासाकी, ओइता, सागा |
¥१,१९४ | ¥१,३९० | ¥१,६५८ |
|
ओकिनावा |
ओकिनावा |
¥१,५०२ | ¥२,१३८ | ¥२,८४६ |
※ माथिको ढुवानी शुल्कमा कर समावेश गरिएको छ।
※ गन्तव्य प्रिफेक्चर र प्याकेजको तौल/साइज अनुसार ढुवानी लागत फरक हुनसक्छ ।
※ दुर्गम टापुहरूमा डेलिभरीको लागि अतिरिक्त शुल्क लाग्न सक्छ।
भुक्तानी विधि र समय:
・अनलाइन भुक्तानी (चेकआउटमा स्वचालित रूपमा प्रोसेस हुने)
・डेलिभरीमा नगद
・बिलिङ पछि भुक्तानी (अधिकृत एजेन्टहरूको लागि मात्र उपलब्ध)
डेलिभरी विधि र समय:
भौतिक सिम कार्ड डेलिभरीः
・डेलिभरीमा नगद भुक्तानी गर्ने विधि भएमाः तपाईको अर्डर पक्का भएपछि, सिम कार्डलाई २–३ कार्यदिन भित्र कुरियर सेवाहरू मार्फत पठाइनेछ।
・क्रेडिट कार्ड / अन्य प्रिपेड भुक्तानी विधि भएमाः भुक्तानी पुष्टि भएपछि, सिम कार्डलाई २–३ कार्यदिन भित्र कुरियर सेवाहरू मार्फत पठाइनेछ।
सूचनाः सप्ताहन्त, सार्वजनिक बिदाहरू, वर्षान्त/नयाँ वर्षको बिदाहरू वा हाम्रो कार्यालय बन्द हुने दिनहरूमा हामी डेलिभरी गदैनौं।
ट्राफिक जाम वा कुरियर सेवाको कारणले गर्दा डेलिभरी ढिलो हुनसक्ने जानकारी गराउछौं।
ई-सिम प्रोफाइल डेलिभरीः
・तपाईको अर्डर र भुक्तानी पुष्टि भएपछि, लगभग १० मिनेटभित्र पुस नोटिफिकेसन मार्फत सीधै तपाईको टप सिम एप्पमा ई-सिम प्रोफाइल पठाइनेछ।
सूचनाः नेटवर्कको अवस्थाहरू अनुसार डेलिभरीको समय फरक हुनसक्छ। यदि पुस नोटिफिकेसन अफ गरिएको छ भने, तपाईले डेलिभरी भएको तुरून्तै थाहा नपाउन सक्छ।
फिर्ता गर्ने, दोषपूर्ण सामानहरू र रद्द गर्ने नीति:
कस्टमरले चाहे अनुसार फिर्ता/रद्दः
・कस्टमरले चाहे अनुसार सामानहरू पठाइसकेपछि त्यसलाई फिर्ता गर्न, साटफेर गर्न वा रद्द गर्न पाउने छैन।
・ई-सिम प्रोफाइलहरू डिजिटल सामान भएको हुनाले एकपटक अर्डर पक्का भइसकेपछि रद्द वा फिर्ता गर्न मिल्दैन।
बिग्रेका सामानहरू वा गलत डेलिभरी (बिक्रीकर्ताको जिम्मेवारी):
・यदि बिग्रिएको सामान आएमा वा तपाईले अर्डर गरेको भन्दा फरक सामान पाउनु भएमा, सामान प्राप्त भएको ७ दिनभित्र हाम्रो कस्टमर सपोर्टलाई सम्पर्क गर्नुहोस।
・यदि हाम्रो कारणले गर्दा बिग्रिएको वा गलत सामानहरू आएमा, फिर्ता गर्ने ढुवानी खर्च बिक्रीकर्ताले व्यहोर्नेछ। कृपया फिर्ता पठाउँदा, डेलिभरीमा नगद / सामान बुझाउँदा भाडा तिर्ने (हाम्रो अग्रिम भुक्तानी) प्रयोग गर्नुहोस।
・यदि स्टकमा सामान नभएर साटफेर गर्न सम्भव नभएमा, हामी तपाईको पैसा फिर्ता गरिदिन्छौं।
फिर्ता गर्ने अवधि: सामान प्राप्त गरेको ७ दिन भित्र। ई-सिम खरिदहरूमा भने यो नियम लागू हुँनेछैन ।
टप सिम एप्प - डाटा हटाउने निर्देशनहरूः टप सिम एप्पलाई दर्ता गर्नु पर्दैन र यसले व्यक्तिगत पहिचान खुल्ने जानकारी संकलन गर्दैन। एप्पलाई काम गर्न आवश्यक पर्ने कुनै पनि प्राविधिक डाटा प्रयोगकर्ताको डिभाइसमा मात्र राखिन्छ। जब एप्प हटाइन्छ त्यतिबेला त्यस्ता सबै डाटा आफैं डिलिट हुन्छन्। यदि डाटा डिलिट हुने बारेमा कुनै प्रश्नहरू भएमा, कृपया हामीलाई topsim_inquiries@brastel.co.jp मा सम्पर्क गर्नुहोस।