[सेवा सम्बन्धी सूचना]

३१ मार्च २०२६ देखि ३G (FOMA) सेवा बन्द हुँदैछ । यो परिवर्तनको समयमा, केही आईफोन प्रयोगकर्ताहरूले टप सिम प्रयोग गर्दा नेटवर्क कनेक्टिभिटीमा अस्थायी समस्याहरू भोग्न सक्नेछ ।

१ मार्च देखि ३१ मार्च २०२६ सम्म, iPhone Air र iPhone 16e मा ३जी मात्र चल्ने र ४जी (LTE) डाटा प्रयोग गर्न नसकिने हुनसक्छ।

१ अप्रिल २०२६ बाट, यदि तपाईको आईफोनमा आइओएस २६ वा माथिको सफ्टवेयर छ भने, नेटवर्कमा कनेक्ट हुनका लागि फोन रिस्टार्ट गर्नुपर्ने हुनसक्छ र कनेक्ट हुन १-२ मिनेट लाग्न सक्नेछ। यदि कनेक्सन ढिलो भएमा वा उपलब्ध नभएमा, एक पटक एयरप्लेन मोड अन र अफ गरी हेर्नुहोस।

यदि समस्या कायमै रहेमा, कृपया हाम्रो सपोर्ट टिमलाई सम्पर्क गर्नुहोस।

सन्देश बोर्डमा फर्कनुहोस्