आइओएसलाई ई-सिम एपिएन सेटिङहरू

म्यानुअल सेटअप

तपाईले क्यूआर कोड प्रयोग गर्न नसक्ने भएमा, चिन्ता गर्नुपर्दैन - विवरणहरू आफैँ भर्नका लागि यी स्टेपहरू पालना गरे पुग्छ।

  • महत्वपूर्ण जानकारी

    • भुक्तानी पूरा भएपछि मात्र आफ्नो ई-सिम सेट अप गर्न सक्नुहुन्छ।
    • हटस्पट/टेदरिङ प्रयोग गर्न, कृपया अन्त्यसम्म म्यानुअल सेटअप निर्देशनहरू पालना गर्नुहोस।

१. ई-सिमको भुक्तानी पूरा गरेपछि, कृपया ई-सिम तयार नहुन्जेलसम्म यही स्क्रिनमा पर्खनुहोस। यो प्रक्रियालाई १० मिनेट जति लाग्न सक्छ।

२. SM-DP+ ठेगाना सार्नको लागि कपी आइकनमा थिच्नुहोस

३. आफ्नो आईफोनको सेटिंग्समा गएर [सेलुलर] मा थिच्नुहोस

४. [सेट अप सेलुलर] मा थिच्नुहोस वा पहिले नै सिम इन्स्टल गर्नुभएको छ भने यो स्टेप छोड्नुहोस

५. [ई-सिम थप्नुहोस] थिच्नुहोस

६. [क्यूआर कोड प्रयोग गर्नुहोस] थिच्नुहोस

७. [विवरणहरू म्यानुअली प्रविष्ट गर्नुहोस] थिच्नुहोस

८. पहिलो फिल्डमा SM-DP+ ठेगाना राख्नुहोस।
एप्पमा फर्कनुहोस, र एक्टिभेसन कोडलाई सार्न कपी आइकनमा थिच्नुहोस। (स्टेप २)
त्यसपछि, एक्टिभेसन कोडलाई दोश्रो फिल्डमा राख्नुहोस। [अर्को] थिच्नुहोस।

९. [जारी राख्नुहोस] थिच्नुहोस।
तपाई सेलुलर पेजमा नपुगुन्जेल निर्देशनहरू पालना गर्नुहोस।
इन्स्टल गर्नुअघि तपाईको डिभाइसमा स्थिर इन्टरनेट कनेक्सन भएको सुनिश्चित गर्नुहोस।

१०. [भयो] थिच्नुहोस

११. आफ्नो फोनको सेटिंग्समा गएर वाइफाइ बन्द गर्नुहोस।
तपाई अब जोडिनुभयो!

एपीएन: vmobile.jp
युजरनेम: vmobile@jp
पासवर्ड: vmobile